Tuesday, May 28, 2024
घरसमाचारराजनीतिकुनै पनि मधेशवादी दलमा मेरो आवद्धता छैन: युवा नेता चतुर्वेदी

कुनै पनि मधेशवादी दलमा मेरो आवद्धता छैन: युवा नेता चतुर्वेदी

चन्द्रसूर्य प्रतिनिधि/
वीरगंज/वीरगंज क्षेत्रमा लोकप्रिय युवा नेताको रुपमा ख्याति कमाएका आशुतोष चतुर्वेदीले कुनै पनि मधेशवादी दलमा आफ्नो संलग्नता नरहेको घोषणा गरेका छन् ।

सोमबार एक प्रेस वक्तव्य जारी गर्दै नेता चतुर्वेदीले सो घोषणा गरेका हुन ।

विगत लामो समयदेखि मधेशवादी दल तमलोपा, राजपा, जसपा हुँदै हाल लोसपामा आवद्ध भएर पनि व्यक्तिगत पहुँचको आधारमा स्थानीय स्तरका जनताहरुको सुख दुखमा साथ र सहयोग गर्न सदैव तत्पर रहंदै आएका चतुर्वेदीले आगामी दिनमा स्वतन्त्र रुपमा जनताको सेवा गर्ने बताएका छन् ।

मधेशवादी दलले जनताको भावना विपरित काम गरिरहेको हुँदा यी पार्टीहरुमा लागेर मधेश र मधेशीको व्यापार गर्न आफ्नो नैतिकताले नदिने हुँदा मधेशवादी दलसँग आफ्नो आवद्धता हटाएको नेता चतुर्वेदीले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -