Thursday, July 18, 2024
घरक्राइम चेकजिल्ला प्रहरी कार्यालयभित्रै दुई प्रहरीबीच हानाहान

जिल्ला प्रहरी कार्यालयभित्रै दुई प्रहरीबीच हानाहान

वीरगंज, ५ माघ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा लेखापाल कार्यरत प्रहरी नायब निरीक्षक कुमार सेढाई अर्को प्रहरी नायब निरीक्षक ( सुब्बदार मेजर) कुल बहादुर कुँवर दुवै जना बीच मिति २०७८/१०/४ गते दिउँसो ४:३० बजेको जिल्ला प्रहरी कार्यालयकाे प्राङ्गणमा हानाहान भएको छ। प्रहरीकाे मोबाइल भ्यान गाडी बनाउने शिलशिला मा दुई प्रहरी नायब निरीक्षक बीच विवाद भई झै झाग्डा तथा कुटपिटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीहरू बताउँछन् ।

सुबबदार मेजर कुलबहादुर कुँवर लाई हान्दा लेखापालकाे कुमार सेढाईकाे रगत समेत निस्केको हुँदा तत्काल वडा प्रहरी कार्यालय विर्ताका इनपेक्टर राजेश पूरी र अरु प्रहरी कर्मचारीहरु मिलेर दुवै प्रहरी नायब निरीक्षकलाई नियन्त्रणमा लिएर कन्ट्रोलमा १ घण्टा सम्म नियंत्रणमा राखी दुवैलाई मेडिकल गराई केही समय थुनामा समेत राखिएको थियो । पछि दुवै जिमेवार प्रहरी भएको हुँदा विभागिय कारवाही गर्ने सर्तमा थुना मुक्त गरिएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -