२०८२ माघ १३ गते, मंगलवार २३:३६

अरबौं ऋण लिएर अग्रवाल परिवार फरार

काठमाडौँ, माघ २ गते । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ ।

काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् ।

गोरखापत्रमा मित्र भण्डारीले लेख्नु भएको समाचारअनुसार अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले अग्रवाल परिवार सम्पर्कविहीन बनेको सूचनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताउनुभयो । सो सम्बन्धमा अझै औपचारिक उजुरी नपरेको र उजुरीपछि विस्तृत अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौँको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो । प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेलापारेको छ । ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको पत्रमा बैङ्क, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नुपरेको उल्लेख गरिएको छ ।

सो पत्रमा उनीहरूले व्यवसाय सञ्चालनका लागि व्यक्तिगत र मिटर ब्याजको समेत ऋण लिएको र अचाक्ली ताकेता आएपछि तनावमा परेकाले सम्पर्कविहीन हुनुपरेको उल्लेख छ । उनीहरूले पत्रमा मिटर ब्याजीले ऋण तिर्न दिएको तनावले आत्महत्या गर्ने अवस्थामा पुगेकोसमेत उल्लेख गरेका छन् ।

उनीहरूले आफूहरूको नाममा रहेको घर–जग्गाबाट ऋण असुली गर्न सक्नेसमेत पत्रमा उल्लेख गरेको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट अग्रवाल परिवारले लिएको ऋणबारे लगत सङ्कलनको काम गरिरहेको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले विभिन्न बैङ्कबाट लिएको ऋणबारे लगत सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

नेपाल इन्भेस्टमेन्ट बैङ्क र एभरेष्ट बैङ्कले ग्रीनलाइनको दरबारमार्गस्थित शोरुममा बैङ्कको सूचना टाँस गरेका छन् । अग्रवाल परिवारले अन्य वित्तीय संस्था र व्यक्तिगत गरी एक अर्ब रुपियाँभन्दा बढी रकम तिर्न बाँकी रहेकोसमेत खुलेको छ ।

कम्पनीमा अभिषेक अग्रवाल प्रबन्ध निर्देशक र अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृतका रूपमा थिए । उनीहरू भागेर भारत पुगेको हुन सक्ने अनुमान गरिएको छ ।

नेपालका ठूला मदिरा तथा बियर कम्पनीलाई समेत उनीहरूले करोडौँको उधारो तिर्न बाँकी रहेको हुन सक्ने अनुमान गरिएको छ । लाखौँ पर्ने मदिराको व्यापारबाट घाटा भएको भने पनि उनीहरूले अवैध रूपमा रकम तेस्रो मुलुकमा पु¥याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कतिपय बैङ्कले कम्पनीको कारोबारका आधारमा विनाधितो ऋण दिएका कारण सो कर्जा के हुने भन्ने अन्योल रहेको छ । कोभिड–१९ का कारण कारोबारमा समस्या देखाएका उनीहरूले कतिपय होटल र रेस्टुरेन्टबाट समेत रकम उठ्न बाँकी रहेको पत्रमा दाबी गरेका छन् । काठमाडौँबाट नौ जनाको परिवार सजिलै कसरी अन्य मुलुक पुगे भन्नेबारे विभिन्न शङ्का गरिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले सर्वसाधारणको निक्षेपबाट सञ्चालित बैङ्कले विनाधितो करोडौँको ऋण प्रवाह गरेकोबारे विस्तृत अनुसन्धान हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बैङ्कको अनुगमन पक्ष कमजोर छ । बैङ्क डुब्नु भनेको जनताको पैसा डुब्नु हो ।”

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77 slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM