Tuesday, June 18, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा गाँजा सहित एक पक्राउ

सशस्त्र प्रहरीद्वारा गाँजा सहित एक पक्राउ

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २७ पौष ।
सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित एकजनालाई बाराबाट पक्राउ गरेको छ ।

बारागढ़ी वडा नं. ७ सुखीपथरा स्थित जोखु चौधरीको घरमा लुकाई रहेको अवस्थामा लुकाई राखेको अवस्थामा ७० किलो प्रतिबन्धित लागु औषध गाँजासहित मकवानपुर राक्सिराङ्ग गापा-६ बस्ने मोतीलाल लामाको २१ वर्षीय छोरा प्रेम लाललाई ७० केजी गाँजा सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

हरियो प्लास्टिकले बेरेर पाँच वटा पोका बनाई राखेको अवस्थामा निज प्रेम लामालाई नियन्त्रणमा लिइएको प्रहरी नायब महानिरीक्षक मगरले बताउनु भयो ।

निज लामाको साथबाट ३९ हजार नगद रुपैयाँ, मोबाइल-१ थान पनि बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -