वीरगंजमा एकसाथ २० वटा लायन्स क्लबहरूले निःशुल्क चिया बिस्कुट वितरण गर्ने

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २७ पौष ।
वीरगंजमा पौष २८ गते बुधवारका दिन २० वटा लायन्स क्लबहरूले संयुक्त रुपमा एकसाथ निःशुल्क चिया बिस्कुट वितरण गर्ने  कार्यक्रम राखेका छन् ।

लायन्स क्लव इंटरनेशनलका संस्थापक मेल्विन जोनको जन्म दिनको अवसर पारेर गरिने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माइस्थान चोकमा विहान ७ बजे देखि निःशुल्क चिया बिस्कुट वितरण कार्यक्रमको राखिएको लायन उमेश साह कानुले जानकारी गराउनु भयो ।

“We Serve” अर्थात हामी सेवा गर्छौं भन्ने भावनाबाट प्रेरित २० वटा लायन्स क्लव क्लब र त्यसका सक्रिय सदस्यहरूको उपस्थितिमा चिया-बिस्कुट वितरण कार्यक्रमको आयोजना गरिएको लायन उमेश साह कानुले बताउनु भयो ।

लायन्स क्लब अफ वीरगंज ग्रीन कैम्पस, आदर्श नगर, नर्थ, गेटवे, वीरगंज, जीतपुर सिमरा, विजय पथ, ऊर्जा, सेसमे एकेडमी, अमलेखगंज, बारा गंजभवानीपुर, हेल्दी, इनोसेटिभ, यूथ, सेन्ट्रल सिटी, एक्सीलेंस, गोल्डेन स्पैरो, ग्रीन सिटी, समर्पण र जय गहवामाई लायन्स क्लबहरूले संयुक्त रुपमा चिया बिस्कुट वितरण गर्न लागेको लायन कानुले बताए ।

लायन वर्ष २०२२-२३ डिस्ट्रिक्ट ३२५ S को आगामी नेतृत्वको उम्मेदवार समेत रहेका लायन उमेश साह कानुले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै सो कार्यक्रम सम्पन्न गरिने हुँदा सहभागी हुन सबैमा अनुरोध गरेका छन् ।

सो कार्यक्रममा मास्क पनि वितरण गरिने जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्