Tuesday, June 18, 2024
घरसमाचारलायन्स क्लवद्वारा दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो लुगा प्रदान

लायन्स क्लवद्वारा दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो लुगा प्रदान

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, २५ पौष ।
लायन्स क्लबले ११ जना दृष्टि विहीन विद्यार्थीहरूको लागि न्यानो लुगा प्रदान गरेको छ ।

आइतबार एक समारोह बीच लायन्स क्लब अफ वीरगंज सेंट्रल, बारा गंजभावनीपुर, हेल्दी, लियो क्लब अफ वीरगंज र लियो गंजभावनीपुरले संयुक्त रुपमा त्रिजुद्ध माविमा अध्ययनरत ११ जना दृष्टिविहीन विद्यार्थीहरूकालागि न्यानो कपड़ा तथा चार थान सिरक, तीन थान तकिया, १२ थान तन्ना र एक थान पानी तताउने हटपोट प्रदान गरिएको लायन्स क्लव अफ वीरगंजका पूर्व अध्यक्ष लायन विजय गुप्ताले जानकारी गराउनु भयो ।

लायन्स क्लवका संस्थापक मेल्विन जॉनको जन्म सप्ताह अन्तर्गत शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने आइतबार न्यानो लुगा प्रदान गरिएको लायन विजय गुप्ताले बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -