Wednesday, September 11, 2024
घरक्राइम चेकराष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तिको पूर्व संध्यामा विश्व हिन्दू महासंघमा प्रवचन...

राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तिको पूर्व संध्यामा विश्व हिन्दू महासंघमा प्रवचन गोष्ठी

काठमाण्डौ, २५ पौष ।

३०० ओैं पृथ्वी जयन्ती तथा राष्ट्रियएकता दिवसको पूर्व सन्ध्यामा विश्व हिन्दु महासंघमा प्रवचन गाेष्ठिकाे सम्पन्न गरियो साे कार्यक्रममा पूर्व गृहमन्त्री तथा महासंघका सल्लाहकार बुद्धिमान तामाङ ज्यूकाे प्रमुख आतिथ्य रहेको थियोे ।

साे समारोहमा बिशिस्ट अतिथि पूर्वमन्त्री दीनबन्धु अर्याल, प्रमुख बक्ता प्राज्ञ / ईतिहासविद्ध दिनेश राज पन्तले बडामहाराजाधिराज पृथ्वीनारायण शाहकाे नेपाल एकिकरणकाे दूर दर्शिता, हाल देशमा आएको चुनाैती र हाम्रो भूमिका बारेमा अति महत्त्वपूर्ण बिचार प्रकट गर्नुभयो ।

त्यस्तै बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका सभापति राजेन्द्र कुमार भण्डारी ज्यूले बडामहाराजाधिराजकाे याेगदानलाई कसैले पनि अवमूल्यन गर्न नहुने बिचार राख्नु भयो । त्यसैगरि श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम कृष्ण शर्माले पाैष २७ गतेलाई राष्ट्रिय बिदा घाेषणा गर्नुपर्नेमा जाेडदिनु भयाे ।

सनातन धर्मका सेवा समितिका पूर्व अध्यक्ष शीला पन्त , स्काेनका तर्फबाट महासंघका के. सदस्य भानुभक्त जाेशी तथा लब्ध प्रतिष्ठित महानुभावहरुकाे आतिथ्यतामा महासंघका उपाध्यक्ष शाेभा मास्के , महासचिव अमर केसर सिैह, काेषाध्यक्ष राधेश्याम थापा , के. सदस्यहरु- मीना सुवेदी , सुभद्रा विश्वकर्मा , सरस्वती लामा, अर्चना शर्मा , मदनदास श्रेष्ठ , मणीराज पाठक, गजेन्द्र अर्याल , शारदा शाही लगायतका बिशिस्ट ब्यक्तित्वहरकाे सहभागीतामा गाेष्ठी सम्पन्न भयाे ।

बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव अरुण कुमार पाण्डेले संचालन गर्नुभएकाे साे महत्त्वपूर्ण कार्यक्रममा राष्ट्रनिर्माताको सम्मानमा पाैष २७गते नेपाल सरकारले राष्ट्रिय बिदाकाे घाेषणा गराेस् साथै उहाँको तस्बिरअंकित हुलाक टिकट समेत प्रकाशित गरियाेस्!आफ्नो देशको निर्माताप्रतिश्रद्धा गरियोस् भन्ने विश्व हिन्दू महासंघले माग गरेको थियो ।

साे समारोहमा महासचिव अमर केसर सिंह द्वारा निर्मित टेलि श्रृङखला पृथ्वीनारायण शाहकाे प्रदर्शन समेत गरियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -