Sunday, July 21, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा साढ़े १४ लाख रुयैयाँसहित एक भारतीय पक्राउ

सशस्त्र प्रहरीद्वारा साढ़े १४ लाख रुयैयाँसहित एक भारतीय पक्राउ

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, २५ पौष । सशस्त्र प्रहरी बल नेपालले श्रोत नखुलेको साढ़े १४ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई रौतहटबाट पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहट र २ नम्बर बाहिनीबाट गएको टोलीले विशेष सूचनाको आधारमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया स्थित नेपाल भारत सिमानामा रहेको मनमोहन गेट नजिक भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

बी आर ०५ एजी ८०५६ नम्बरको अपाची मोटर साइकलको गाडी तथा शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा भारत विहार पूर्वी चम्पारण जिल्लाको तेल्हारा कला ७ बस्ने ३९ वर्षीय संजय कुमार जैसवाललाई १४ लाख ५० हजार नेपाली नोट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरले बताउनु भयो ।

पक्राउ परेका जैसवाल र साथबाट बरामद गरिएको नगद एवं मोटरसाइकल कानुनी कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा पठाईएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -