Tuesday, May 21, 2024
घरसमाचारराजनीतिवीरगंजलाई प्रदेश-२को राजधानी बनाउन भव्य खबरदारी र्याली

वीरगंजलाई प्रदेश-२को राजधानी बनाउन भव्य खबरदारी र्याली

चन्द्रसूर्य समाचारदाता,
वीरगंज, २४ पौष ।
प्रदेशको-२ को राजधानी वीरगंज कायम गर्न प्रदेश-२ सरकार र सदनलाई खबरदारी गर्ने उद्देश्यले वीरगंजमा शनिवार भव्य र्याली र जुलूस प्रदर्शन गरिएको छ ।

हजार भन्दा बढ़ी स्थानीयहरूको सहभागितामा वीरगंजको आदर्शनगरबाट शुरू गरिएको सो र्याली नगर परिक्रमा गर्दै घण्टा घर पुगेर कोणसभमा परिणत भई सम्पन्न भएको थियो ।

र्यालीमा सहभागीहरूले वीरगंजलाई प्रदेश-२को राजधानी नबनाएर मधेश आन्दोलन, यसमा सहादत प्राप्त सहीदहरू एवं घाइते मधेशी समुदायको भावना र बलिदानीमाथि नेताहरुले प्रहार गररीरहेको भन्दै नारावाजी गरेका थिए ।

वीरगंजलाई प्रदेश २ को राजधानी कायम हुन नदिने षड्यन्त्रमा लागेको भन्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको राजीनामा समेत माग गरिएको जुलुसमा सहभागी सुरज गुप्ताले जानकारी दिनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -