Saturday, December 7, 2024
घरक्राइम चेकमेरोलागि पार्टी भन्दा ठूलो मातृभूमि छ, म सदैव वीरगंज राजधानी हुनुपर्ने पक्षमा...

मेरोलागि पार्टी भन्दा ठूलो मातृभूमि छ, म सदैव वीरगंज राजधानी हुनुपर्ने पक्षमा छु: गिरी

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, २२ पौष।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं प्रदेश-२ का सभासद प्रह्लाद गिरीले प्रदेश -२ को नामकरण र राजधानी कायम गर्ने सम्बन्धमा पार्टीले गठन गरेको प्रदेश स्तरीय ससंदीय वार्ताटोली आफ्नो सहभागिता र सहमति नभएको जनाएका छन् ।

सभासद गिरीले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजधानी जनकपुर र नाम मधेश प्रदेशको लागि लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले अन्य दलसँग छलफल एवं पहलको लागि गठन गरेको संसदीय वार्ता टोलीमा आफ्नो नाम समावेश गरिएकोमा त्यसमा आफ्नो कुनै सहभागिता र पहल नहुने स्पष्ट पारेका छन् ।

सभासद गिरीले आफू वीरगंज राजधानी हुनुपर्ने अडानमा शुरूदेखि रहंदै आएको तथा त्यसको लागि सड़क देखि सदनसम्म समेत आवाज उठाउँदै आएको विज्ञप्तिमार्फ़त स्मरण गराउनु भएको छ ।

उनले विज्ञप्तिमा अगाड़ी भनेका छन्, “मैले अन्य दलका नेताहरू समेतलाई पनि वीरगंजलाई राजधानी कायम गर्नु पहल गरेको छु तर पदका लागि आफ्नो मातृभूमि समेत बिर्सिने संकीर्ण मानसिकताका केहि नेता र व्यक्तिहरू मेरो विरुद्धमा सामाजिक सञ्जाल एवं संचारमाध्याममार्फ़त भ्रम फैलाइरहेका छन् ।”

पद र पार्टी भन्दा माथिल्लो प्राथमिकतामा आफूले मातृभूमिलाई राख्ने गरेको दाबी गर्दै सभासद गिरीले जुनसुकै हालतमा पनि आफू वीरगंज राजधानी हुनुपर्ने पक्षमा रहिरहने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रदेश सभाको आठौं अधिवेशनमा समेत आफ्नो पार्टी एवं अन्य दलले जनकपुरलाई राजधानी कायम गर्नु पर्ने पक्षमा रहेपनि आफूले त्यसमा विमती जनाएकोले सामाजिक संजालमा गरिएको अनर्गल प्रचारबाजी र भ्रमात्मक समाचारमा नलाग्न समेत गिरीले अनुरोध गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -