२०८३ बैशाख २६ गते, शनिबार १७:५७

मुस्लिम समुदायको आक्रमणमा परि घाइते हिन्दू युवाको मृत्यु, हिन्दू परिषदद्वारा विरोध

चन्द्रसूर्य समाचारदाता,
वीरगंज, २२ पौष ।
गत कार्तिक महिनामा छठ पर्व मान्ने क्रममा बाराको कलैयामा मुस्लिम समुदायको आक्रमणमा परि घाइते भएका युवा राधेश्याम पटेलको उपचारको क्रममा बिहीबार निधन भएको छ ।
कलैया निवासी हिन्दू युवा पटेललाई छठ पर्व मान्ने क्रममा सोही ठाउँका मुस्लिम समुदायले सांघातिक आक्रमण गरि घाइते बनाएका थिए । अचेत अवस्थामा तीन महिनादेखि उपचारका क्रममा रहेका पटेलको वीरगंज स्थित न्यूरो अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

पटेलको मृत्युको खबर सुनेर हिन्दू परिषद नेपाल केन्द्रिय कार्यसमिति, बारा र पर्सा जिल्ला कार्य समितिले विरोध जनाएको छ ।

हिन्दू परिषद नेपाल बाराले पटेलको मृत्यु लगतै बिहीबार बाराको सदरमुकाम कलैयामा प्रदर्शन गरेका छन् ।

त्यस्तै परिषदको केन्द्रिय कार्य समिति र पर्सा जिल्ला कार्यसमितिले पोस्टमार्टमकालागि पटेलको शव राखिएको स्थान नारायणी अस्पताल वीरगंजमा भेला भई शव सहित प्रदर्शन गर्ने तयारी गरिरहेको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले जानकारी गराउनु भयो ।

हिन्दू परिषद नेपाल केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्य सचितानन्द दुबे, उमेश साह कानु, किरण अग्रवाल, जिल्ला कार्यसमिति पर्साका अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष छविलाल उप्रेती, जिल्ला सहसचिव अंशु प्रजापति लगायतका हिन्दूवादी अगुवाहरुको अगुवाईमा नारायणी अस्पतालबाट स्व.पटेलको शव सहित प्रदर्शन गर्ने तयारी भैरहेको जनाइएको छ ।

हिन्दू परिषद नेपालले मृतक पटेलको हत्यामा संलग्न दोषीलाई पक्राउ गरि कार्वाही हुनुपर्ने, हिन्दू माथिको दमन बन्द गर्नुपर्ने, मृतकलाई सहीद घोषणा गर्नुपर्ने माग सहित प्रदर्शन गर्ने तयारी गरिरहेको हिन्दू परिषद नेपालले जनाएको छ ।

प्रदर्शनपछि आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गरिने केन्द्रिय अध्यक्ष पटेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM