Sunday, July 21, 2024
घरसमाचारराजनीतिदुई राष्ट्रियसभा सदस्य पदको लागि प्रदेश २मा ६ जनाको उम्मेदवारी

दुई राष्ट्रियसभा सदस्य पदको लागि प्रदेश २मा ६ जनाको उम्मेदवारी

वीरगंज, २० पौष ।

प्रदेश २ मा दुई वटा राष्ट्रियसभा सदस्य पदका लागि ४ दलको उम्मेदवारी परेको छ । आज दुई पदका लागि ४ दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको तर्फबाट १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेदवारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालयमा सबै उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट पर्साकी उर्मिला अर्यालले महिला कोटामा, जनता समाजवादी पार्टी नेपालबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र श्यामसुन्दर सरदारले अन्य समूहमा उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट महिला कोटामा बिना देवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -