Sunday, July 21, 2024
घरक्राइम चेकपेस्तोल र लागुऔषधसहित मोहम्मद कवाड़ी पक्राउ

पेस्तोल र लागुऔषधसहित मोहम्मद कवाड़ी पक्राउ

चन्द्रसूर्य समाचारदाता।
काठमाण्डौ, १८ पौष ।
सशस्त्र प्रहरीले अवैध हतियार एवं लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ ५:२५ बजे महोत्तरी लोहारपट्टी न.पा.-९ पिपराढी बस्ने २४ वर्षीय मोहम्मद राजा कवाड़ीलाई विशेष सूचनाको आधारमा शंका लागि चेकजाँच गर्दा US मेड लेखिएको एक थान 9mm पेस्तोलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

महोत्तरी लोहारपट्टी न.पा.-९ पिपराढी इलाकाको सशस्त्र प्रहरी बल खुट्टा पिपराढी वेशका प्रहरी नायब निरीक्षक निलहरी दाहालको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले शंका लागि खान तलासी गर्दा निज कवाड़ीलाई उक्त हतियार सहित निजको साथबाट प्रतिबंधित लागुऔषध नाइट्राभेट १०समेत १ थान समसुंग कम्पनिको मोबाइल फेला पारी नियन्त्रणमा लिई थप कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -