बिहीबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको छैन: गृह

काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने कुनै निर्णय नभएको जनाएको छ ।

बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ ।

गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् ।

यता गृह मन्त्रालयले ‘तमू ल्होसा’को सार्वजनिक बिदा बारे कुनै सार्वजनिक सूचना जारी नगेको जनाएको छ । मन्त्रालयले अहिले सामाजिक सञ्जालमा सेयर भएको बिदाको सूचना भ्रामक भएको जनाएको छ ।

अहिले मन्त्रिपरिषद् बैठक जारी रहेको र बैठक समापन भएपश्चात मात्र आधिकारीक जानकारी आउने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here