Thursday, July 25, 2024
घरक्राइम चेकविश्वासपात्र दूत "जालिम" लगाएर एमाले सिध्याउने प्रचण्डको यस्तो छ रणनीति

विश्वासपात्र दूत “जालिम” लगाएर एमाले सिध्याउने प्रचण्डको यस्तो छ रणनीति

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ ।
आगामी तीन तहको निर्वाचनमा नेकपा एमालेलाई पर्साबाट सखाप पर्ने रणनीति अनुरूप नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले आफ्ना विश्वास पात्र दूत जालिम मियालाई एमालेमा पठाउन लागेका छन् ।

हत्या, हिंसा, लूटपाट र आतंक जस्ता अनैतिक क्रियाकलापजस्ता आपराधिक राजनीतिक पृष्ठभूमिको जगमा टिकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वास
पात्र विशेष दूत जालिम मिया एमाले पर्सामा भांडभैलो मच्चाउन एमाले प्रवेश गर्न लागेको बुझिएको छ ।

जालिम मियाको राजनीतिक पृष्ठभूमि र आचरण पनि विगत देखि वर्तमानसम्म विवादास्पद नै रहंदै आएको छ ।
यी तिनै जालिम मिया हुन जो पर्साको घना जंगल मासेर भारतमा काठ तस्करी गरेर जंगल सिध्याए, वन्यजन्तुको शिकार, गाँजा उत्पादकको बादशाहको रुपमा समेत जालिम मियाले कुख्याती कमाएका छन् । त्यत्ति मात्र नभई भारतीय जाली नोट लगायत अवैध मुद्रा ओसार पसार गराउने, पाकिस्तानी लगायत अन्य मुलुकका जगरनाथपुर गाउँपालिकको अध्यक्ष भए पछि कुर्सीको दुरुपयोग गर्दै करोडौं विकास रकम हिनामिना गरेको, पावरको दुरुपयोग गर्दै गाउँ नजिकै रांगा बजार लगाएर भारतबाट दैनिक रुपमा अस्वस्थकर रांगा भैंसिको तस्करी गराउने लगायत जनता, समाज र देश विरोधी गतिविधि गर्दै आएका छन् ।

पछिल्लो पटक जालिमले आफ्नो कान्छो छोराको सालीको शव गोप्य रुपमा शंकास्पद तरिकाले गाड़ेपछि प्रहरीको अनुसंधानमा पदीय र सत्ताको चरम दुरुपयोग गरि हस्तक्षेप गरेका उनै जालिम मिया यतिखेर केपी ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेर भस्मासुर जस्तै सिध्याउने योजनामा रहेको श्रोत बताउँछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -