Thursday, July 18, 2024
घरक्राइम चेकनेकाँ. महाधिवेशन: सह महामन्त्रीमा अजय चौरसियाको उम्मेदवारी घोषणा

नेकाँ. महाधिवेशन: सह महामन्त्रीमा अजय चौरसियाको उम्मेदवारी घोषणा

चन्द्रसूर्य समाचारदाता।
काठमाण्डौ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४ औं महाधिवेशनमा सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तीन दशक भन्दा बढ़ी समयदेखि नेपाली काँग्रेससँग आवद्ध भई प्रत्यक्ष रुपमा पूर्णकालीन राजनीतिमा लागेर जनतामा सफल एवं लोकप्रिय नेताको रुपमा परिचित अजय चौरसिया मधेसी कोटामा सह-महामन्त्री पदको लागि उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा दुई पटक केन्द्रिय सदस्य निर्वाचित भएका चौरसिया नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् ।

१४ औं महाधिवेशनको लागि तराई मधेसमा भएको अधिवेशनमा अधिकांश महाधिवेशन प्रतिनिधि देउवा पक्षधर जितेकाले अजय कुमार चौरसिया शेरबहादुर देउवाको समुहबाट उम्मेदवार भएमा उनको जित सुनिश्चित हुने चर्चा छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -