Thursday, July 25, 2024
घरक्राइम चेकजिप्रकाद्वारा चोरीको मोबाइल फिर्ता, चोर खै ?

जिप्रकाद्वारा चोरीको मोबाइल फिर्ता, चोर खै ?

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २१ मंसिर/
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका र आसपास क्षेत्रबाट हराएका मोबाइलहरू फेला पारी सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार सो कार्यालयमा विभिन्न मिति एवं समयमा मोबाइलहरू हराएको तथा चोरी भएको भनि प्राप्त निवेदनका सम्बन्धमा खोजतलास एवं अनुसन्धान गर्दा विभिन्न कम्पनिका १० थान मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनिहरुलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हराएका/चोरी भएका मोबाइल फेला पारेर दिए पनि कहाँ बाट बरामद भएको ? चोर को हुन भन्ने विषयमा जिप्रका रहस्यमयी तरिकाले मौन रहेको देखिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -