Saturday, December 7, 2024
घरसमाचारवीरगंजमा बजार अनुगमन, सात पसलबाट ६५ हजार जरिवाना

वीरगंजमा बजार अनुगमन, सात पसलबाट ६५ हजार जरिवाना

चन्द्रसूर्य समाचारदाता।
वीरगंज २१ मंसिर ।
वाणिज्य तथा उपभोक्ता हित विरुद्ध काम गर्ने वीरगंजका सात व्यापारिक फर्मबाट ६५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

मंगलवार कारवाहीमा जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको संयुक्त नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, कन्जुमर आई नेपालको प्रतिनिधि सहितको अनुगमन टोलीले वीरगंज बजार अनुगमन गर्दा सात वटा फर्मले उपभोक्ता संरक्ष्ण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐन,को दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका सूचना अधिकारी दिलिपि खंग खत्वेले जानकारी गराउनु भयो ।

सूचना अधिकारी खत्वेले दिनु भएको जानकारी अनुसार न्यू गेजेटस जोन, वीरगंज १३ पर्साले खरिद बिल नदेखाएको, बालाजी डिपाटमेन्टल स्टोर्स वीरगंज १० पर्सा खरिद बिल नदेखाएको, न्यू मेलोडी वीरगंज ७ रेश्मकोठी पर्सा खरिद बिल नदेखाएको, रुची सापिंग सेन्टर वीरगंज ७ पर्सा खरिद बिल नदेखाएको, राईट च्वाईस वीरगंज ७ पर्सा खरिद बिल नदेखाएको, नेपाल म्युजिक सेन्टर वीरगंज ६ पर्साले अनुगमन कार्यमा असहयोग गरेकोले र कादमिया स्टोर्स वीरगंज ७ पर्साले अनुगमन कार्यमा असहयोग गरेकोले १०-१० हजारको दरले ६५,०००/-रकम जरिवाना असुल गरिएको बताउनु भयो ।

उक्त रकम सात दिन भित्र बैकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन समेत दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय सूचना अधिकारी दिलिपि खंग खत्वेले जानकारी दिनु भयो ।

सो अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा सूचना अधिकारी दिलिपि खंग खत्वे, जिल्ला प्रशासन कार्यालय पर्साका सुमित कुमार सिंह, जिल्ला प्रहरी कार्यालयका प्रसनि जित्तन कुमार यादव, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास, कंज्यूमर आई का रन्जु फुयाँल लगायतको सहभागितामा अनुगमन भएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -