Tuesday, May 28, 2024
घरसमाचारराजनीतिनेपाली काँग्रेसको केन्द्रिय सदस्यमा अजय द्विवेदी लड्ने

नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा अजय द्विवेदी लड्ने

वीरगंज ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी नेपाली कांग्रेसको आसन्न निर्वाचनमा मधेसी तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन।

ने.वि.संघबाट राजनीति सुरु गरेका द्विवेदी जिल्लाको स्थापित नेता हुन । हालै सम्पन्न भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए ।

द्विवेदीको यो निर्णयलाई उनका सहयोद्धाहरूले दिल खोलेर स्वागत गरेका छन् ।

उनका एक सहकर्मीका अनुसार द्विवेदीका समकालीनहरू केन्द्रिय राजनीतिमा स्थापित भइसकेतापनि साथीभाईहरूलाई अगाड़ी बढाउने राजनीतिमा स्थापित गराउने दरम्यानमा उनी पछाड़ी परेका हुन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -