Saturday, July 27, 2024
घरसमाचारराजनीतिकाँग्रेस महाधिवेशनः कर्णालीको माहोल राजीव विक्रम शाहको पक्षमा

काँग्रेस महाधिवेशनः कर्णालीको माहोल राजीव विक्रम शाहको पक्षमा

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, १४ मंसिर/
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको पूर्वसंध्यामा भइरहेको प्रदेशस्तरीय अधिवेशनमा देशभर काँग्रेसीहरु प्रजातान्त्रिक पद्धतिअनुसार नेता चयन गर्ने गृहकार्यमा लागि परेका छन् ।

यसैबीच कर्णाली प्रदेशको सभापतिमा राजिव विक्रम शाह र दीपक जंग शाह दुई दाजुभाई आपसमै लड्ने तयारी भए पनि कर्णाली प्रदेशको माहौल राजीव विक्रम शाहको पक्षमा तातिरहेको जानकारीमा आएको छ ।

८० प्रतिशत मत राजीव विक्रम शाहको पक्षमा जाने देखिएपछि सहमतीय प्रणालीबाटै सर्वसम्मत रुपमा राजीव विक्रम शाहलाई कर्णाली प्रदेशको सभापति घोषणा गर्ने लगभग तय भएको विश्वस्त सूत्रले जनाएको छ ।

केन्द्रिय सदस्यमा आकांक्षा राखेका राजीव विक्रम शाहलाई पार्टी सभापति शेर वहादुर देउवाले कर्णालीमा एक मात्रै जित्ने उम्मेद्बार हो भनेपछि देउवाको कुरालाई लिएर कर्णाली पुगेका राजीव शाहलाई १० वटै जिल्लाबाट नै सर्मथन रहेको देखिन आएको छ ।

राजीव विक्रम शाहको नाम आउनु अघिसम्म दिपक जङ्ग लगायत आधा दर्जन जति प्रदेश सभापतिका आकांक्षीहरु समेत यतिखेर राजीव विक्रम शाहलाई समर्थन गर्ने निस्कर्षमा पुगेको खबर जानकारीमा आएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -