Wednesday, June 19, 2024
घरसमाचारराजनीतिलोसपा वीरगंज महानगर कार्यसमिति पदाधिकारीहरूको शपथ ग्रहण सम्पन्न

लोसपा वीरगंज महानगर कार्यसमिति पदाधिकारीहरूको शपथ ग्रहण सम्पन्न

चन्द्रसूर्य समाचारदाता
वीरगंज, १३ मंसिर/ लोकतान्त्रिक समाजवादी पार्टी वीरगंज महानगर समितिको नव गठित कार्यसमितिको पदाधिकारीहरूले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

सोमवार वीरगंजमा एक समारोह बीच नवगठित कार्यसमितिका अध्यक्ष ओम प्रकाश सर्राफ सहित ६३ सदस्यीय कार्यसमितिले सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका हुन् ।

पार्टीका संघीय संसद मा. रमेश पटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै पार्टीकी केन्द्रिय सदस्य एवं प्रभावशाली नेतृ रम्भा मिश्रले खण्डित भएको पार्टीलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ वीरगंज महानगर कार्यसमितिमा आवद्ध सम्पूर्ण नेता कार्यकर्ताहरूको साथ, सहयोग र सहकार्यले पार्टीलाई नयाँ उचाईमा लैजाने विश्वास लिएको बताउनु भयो ।

लोकतान्त्रिक समाजवादी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न हामी सबैले दिनरात एक गरि आगामी दिनमा पार्टीलाई थप बलियो बनाउनु पर्ने कुरामा नेतृ मिश्रको जोड़ थियो ।

पार्टीका अन्य वक्ताहरूले मधेश आन्दोलनको उपलब्धिलाई दुरुपयोग गर्ने नेताहरुलाई जनताले कहिल्यै माफी नदिने स्मरण गराएका थिए । वक्ताहरुले मधेश र मधेशी समुदायको एजेण्डा, सुख दुःख र अधिकारको सुनिश्चित गर्न सक्ने क्षमता लोकतान्त्रिक समाजवादी पार्टीले मात्र अगुवाई गर्न सक्ने विश्वास जनतालाई दिलाउन सक्नु पर्ने कुरामा जोड़ दिएका थिए ।
मधेशको अधिकार कुण्ठित गर्ने, मधेशीको हक अधिकारबाट बंचित गर्नेहरूसंग सांठगांठ गर्नेलाई इतिहासले माफी नगर्ने हुँदा मधेश र मधेशीको अधिकारको लागि लोकतान्त्रिक पार्टीले घात नगर्ने विश्वास दिलाउन जनताको घर दैलोमा गएर विश्वास लिनु पर्ने धारणा समेत व्यक्त गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी कुनै जात, व्यक्ति र समूह विशेषको पार्टी नभई सिंगो मधेशको साझा पार्टी भएको आभाष दिलाउन कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका थिए ।

वीरगंज महानगर कमिटीका अध्यक्ष ओम प्रकाश सर्राफको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि माननीय प्रह्लाद गिरी, केन्द्रिय सदस्य शशिकपूर मिया, पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, जिल्ला वरिष्ठ उपाध्यक्ष सन्तोष तिवारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -