Sunday, December 8, 2024
घरसमाचारराजनीतिसांसद प्रदीप यादव पार्टीबाट निष्कासित

सांसद प्रदीप यादव पार्टीबाट निष्कासित

वीरगंज, ८ मंसिर ।
जनता समाजवादी पार्टीको तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका संघीय संसद प्रदीप यादवलाई पार्टीले निष्कासन गरेको छ ।

काठमाण्डौमा चार दिनदेखि चलेको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं. १ बाट निर्वाचित साँसद प्रदीप यादवलाई पार्टीको केन्द्रीय कमिटीबाट निष्काशन गरेको हो ।

पार्टीको हित विपरित कार्यमा संलग्न रहेको पाइएकोले यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

सासद यादवलाई अहिले पार्टीको केन्द्रीय सदस्यबाट निष्काशन गरिएको छ अधिकारीले भन्नु भयो उहाँको बिषयमा थप छानविन गर्न समिति गठन भएको छ त्यसको प्रतिवेदन आएपछि थप कारवाहीको विषयमा पार्टीले निर्णय लिने छ ।

यस अघि जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको थियो । यादवले पार्टीले दिएको समयसीमा भित्रै जवाफ दिदै पार्टी बिरोधी कुनै पनि गतिविधिमा आफनो संलग्नता नरहेको जवाफ दिएको नेता अधिकारीले बताउनु भयो ।

साँसद यादवको इनकारी जवाफ आएकोले छानबिन कालागि समिति बनेको उहाँले बताउनु भयो । पार्टी समिति पहिले देखि नै क्रियाशिल रहेको बताउँदै नेता अधिकारीले त्यसको रिपोर्टका आधारमा अन्य कारवाही के हुने भन्ने तय हुने बताउनु भयो ।

गठबन्धन सरकारको मन्त्रीमण्डल बिस्तारमा जसपाबाट मंत्रीमा आफनो नाम समावेश नगरिए पछि यादवले बिभिन्न संचार माध्यम मार्फत पार्टी नेतृत्व बिरुद्ध अभिब्यक्ति दिएका थिए ।

उनका सर्मथकहरुले पार्टीको पर्सा जिल्ला कार्यालय र काठमाण्डौको वालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी तोडफोड, पार्टीको झण्डा जलाउने, पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाउने प्रर्दशन गर्ने क्रियाकलापहरु गरेका थिए । पार्टीले यी सबै काम सांसद यादवको निर्देशनमा भएको ठहर गर्दै उनलाई सात बुंदे स्पष्टीकरण सोधेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -