Tuesday, January 14, 2025
घरक्राइम चेकलागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ

चन्द्रसूर्य समाचारदाता
वीरगंज, ५ मंसिर ।
नेपाल प्रहरीले वीरगंजबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्राप्त जानकारी अनुसार वीरगंजको शंकराचार्य द्वार अगाड़ी चेक जाँचको क्रममा सीमावर्ती भारतीय बजार रक्सौलबाट नेपाल तर्फ प्रतिबन्धित लागु औषध औषध सहित नेपाल भित्रिन लागेका दुई जना युवाहरूले प्रहरीलाई देखेर शंकास्पद गतिविधि गरेपछि चेकजाँचको क्रममा उनीहरुको साथबाट नेइट्रोभ्यट ४५० थान, डाइजेपाम-२५ थान, नुर्फिन-२५ थान, फेनर्गन-२५ थान, कोडविल (कोरेक्स)- १९ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक सुरेश कुमार सिंहको कमाण्डमा लागु औषध ब्यूरोसहितको संयुक्त टोलीले चेक जाँच गर्दा चितवनको रत्ननगर नगरपालिका बस्ने राजेन्द्र नेपालीका २२ वर्षीय छोरा समीर नेपाली र सोही स्थान बस्ने छल बहादुर विश्वकर्माका २८ वर्षीय छोरा सुरेश विकलाई सो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिई थप कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -