नेपाली कांग्रेस १४ औं महाधिवेशन :जिराभवानी-२ को वडा सभापतिमा सरोज चौरसिया सर्वसम्मत

वीरगञ्ज, १ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सा जिल्लास्थित जिराभवानी गाउँपालिकाको वडा नं. २ को वडा सभापतिमा सरोज चौरसिया विजय भएका छन् ।

बुधबार सम्पन्न वडा अधिवेशनमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

गाउँपालिकाको वडा नं. २ स्थित सेढवामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत रामबाबु प्रसाद कानुले जानकारी दिए ।

चौरसिया नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा ललिता देवी, बालेश्वर यादव, सचिवमा खेमराज प्रसाद महतो, अमृत चौधरी, सह-सचिवमा विरेन्द्र महरा र सत्म्वा चौधरी थारु रहेका छन् ।
वडा सभापतिमा विजयी चौरसिया विद्यार्थी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । चौरसिया लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here