२०८२ जेष्ठ ५ गते, सोमबार १७:४०

तिलावे पुल निर्माणको लागि एक्सनमा आएपछि प्रजिअ ढकाल सम्मानित

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, ३० कत्तिक ।
पर्साको ग्रामीण भेगलाई जोड्ने एकमात्र पुल “तिलावे पुल” निर्माणमा गम्भीरता पूर्वक लागेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सम्मानित भएका छन् ।
तिलावे पुल निर्माण दबाव समूहले प्रमुख जिल्ला अधिकारी ढकाललाई उनको कार्यकक्षमैं गएर खादा ओढेर धन्यवाद सहित सम्मान गरेको हो ।
निलम्बित संघीय संसद हरिनारायण रौनियारको आफ्नै निर्माण कम्पनी “पप्पू कंस्ट्रक्शन”ले सो पुल निर्माणको ठेक्का हात पारे पनि निर्माण कार्य समयमा सम्पन्न नगर्दा सो पुल भएर वीरगंज आउने हजारौं सर्वसाधारण यात्रु र सवारी साधन जाममा परेर सास्ति बेहोर्नु परिरहेको थियो ।

वर्षौंदेखि सास्ती भोगिरहेका नागरिकहरू मध्ये केहि युवाहरुले ठेकेदारको बदमासी, र नियमक निकायको मौनता विरुद्ध संगठित भई “तिलावे पुल निर्माण दबाव समूह” गठन गरेर चरणवद्ध आन्दोलनको कार्यक्रम अगाड़ी बढ़ाएपछि एक्सनमा आएका पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंज, ठेकेदार कम्पनी लगायतलाई बोलाएर तत्काल निर्माण कार्य शुरू गर्न निर्देशन दिएलगतै निर्माण कार्य सुचारू भएपछि दबाव समुहको तर्फबाट राकेश यादव, दिनेश मिश्र, सुजीत गिरी, राकेश महतो, जयराम चौरसिया, धीरज मिश्रलगायत प्रमुख जिल्ला अधिकारी ढकाललाई धन्यवाद सहित सम्मान गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM