२०८२ असार २१ गते, शनिबार २३:२५

पुल बनाउन प्रधानमन्त्री सहित शीर्ष नेताहरूलाई एसएमएसबाट ध्यानाकर्षण

क्राइमचेक प्रतिनिधि
वीरगंज, १७ कात्तिक
पर्साको ग्रामिण भेगलाई जोड्ने एकमात्र मुख्य सड़कमार्गमा स्थित तिलावे पुल निर्माणमा ढिलाई भएको भन्दै पर्साका सचेत युवाहरुको समूहले विभिन्न चरणवद्ध दबाब कार्यक्रम गरिरहेका छन् ।

सांघुरो बाटो र जीर्णअवस्थामा रहेको पुलको सट्टा नयाँ पुल निर्माण गर्ने ठेक्का लिएर पप्पू कंस्ट्रक्शनले  वर्षौंदेखि पुल निर्माण नगर्दा तिलावे पुलबाट वीरगंज आवत जावत गर्ने ग्रामीण भेगका बासिन्दाहरू दैनिक घण्टौं जम्मा पर्ने गरेका छन् ।

विद्यार्थी चढ्ने स्कूल बस, कर्मचारी, किसान, मजदूर, विरामी ल्याउने एम्बुलेंस लगायत सबै किसिमका यात्रु र सवारी साधन दैनिक जाममा फस्ने गरे पनि पप्पू कंस्ट्रक्शन र सरोकारवाला निकाय लापरवाह भएपछि पर्साका युवाहरु एकवद्ध भएर सामूहिक रुपमा पुल निर्माण गर्न दबाब दिरहेका छन् ।

सोही क्रममा विरोध प्रदर्शन, हस्ताक्षर अभियान, ज्ञापन पत्र पछि प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, माननीय उपेन्द्र यादव, महन्थ ठाकुर, रेणु दाहाल, गृहमन्त्री बालकृष्ण खाँण, प्रदीप यादव, बिलम श्रीवास्तव, लक्ष्मण लाल कर्ण, पप्पू कंस्ट्रक्शनका पूर्व प्रोपराइटर समेत रहेका माननीय हरिनारायण रौनियार, पर्साका प्रमुख जिल्ला अधिकारी, हुलाकी राजमार्ग निर्देशनालय लगायतलाई “नेताजी नमस्कार, तपाईंलाई दिपावली र छठको शुभकामना छ । तर पर्साको लाइफ लाइन आधुरो तिलावे पुल निर्माण कार्य कहिले पूरा हुन्छ ? ३ वर्षको काम ६ वर्षमा समेत पुरा नहुँदा जनताले निकै सास्ती भोग्नु परिरहेको छ ।” भन्ने फोन मेसेज पठाइएको तिलावे पुल निर्माण दबाव समुहका संयोजक राकेश यादवले बताउनु भयो ।

२०७८ कार्तिक १८ गते, क्राइम चेक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM