काठमाण्डौ, १७ कत्तिक ।
लामो समयदेखि बृद्धि हुँदै आएको पेट्रोलियम इन्धनको मूल्य घटाइएको छ ।
दीपावलीको अवसर पारेर पूर्व संध्यामा भारतको केन्द्र सरकारले डिजेलमा प्रति लिटर १० घटाएको छ भनें पेट्रोलको मूल्यमा ५ रुपियाँ प्रति लिटरको दरले घटाइएको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।
भारतको केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाउने घोषणा गरेको छ। भोलि बिहीबारदेखि पेट्रोल र डिजेलमा भारतीय रुपियाँ क्रमशः ५ र १० रुपैयाँले अन्तःशुल्क घटाइने भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार पेट्रोलको तुलनामा डिजेलमा अन्तःशुल्कमा दोब्बर कटौती हुनेछ। आगामी रवि सिजनलाई मध्यनजर गर्दै किसानलाई राहतको खबर आएको छ । यो राहतसँगै पेट्रोल र डिजेलमा भ्याट घट्ने आशा पनि बढेको छ ।