२०८२ असार २१ गते, शनिबार २३:३१

निजी र सामुदायि विद्यालय मानवको दुई खुट्टाजस्तै हुन्: मन्त्री पौडेल

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १२ कात्तिक/
राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसिएसन (एनप्याप्सन) जिल्ला कार्यसमिति पर्साको आठौं अधिवेशनबाट निर्वाचित नया कार्यसमिति पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंजस्थित होटेल भिष्वामा शुक्रवार एक समारोहबीच नवनियुक्त पदाधिकारीहरुलाई आआफ्नो जिम्मेवारी दिईएको थियो ।

कार्यक्रममा संघीय सरकारका शिक्षा तथा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमुख अतिथिको आशनबाट बोल्नु हुँदै शिक्ष क्षेत्रमा सुधारको लागि अल्छी मानेर नभई सबै पक्ष तदारुकताका साथ लाग्नु पर्नेमा जोड दिनु भयो । मन्त्री पौडेलले पर्साको वीरगंजको सरकारी विद्यालयहरूको भौतिक अव्स्था दयनीय रहेको प्रति चिन्ता व्यक्त गर्नु भयो । मन्त्री पौडेलले शिक्षा क्षेत्रमा गुणस्तरीय विकासकोलागि सरकारले खेल्नु पर्ने भूमिका निश्चित समयमै निर्वाह गर्ने प्रतिवद्धता जाहेर गर्दै सबै पक्षबाट आवश्यक सल्लाह सुझाव र रचनात्मक सहकार्यको खाँचो औंल्याउनु भयो ।

मन्त्री पौडेलले सामुदायिक विद्यालय र निजि विद्यालय शिक्षा क्षेत्रका दुई खुट्टा भएको बताउनु भयो । उनले भने, “कहिले सामुदायिक विद्यालय अगाडि बढ्छ भने कहिले निजि विद्यालय अगाडि बढछ । एउटा पनि गोडामा चोट लागे भने त्यो व्यक्ति अगाडि बढ्न सक्दैन भने विद्यालय पनि मानवजीवन उत्पादन गर्ने एउटा महत्वपूर्ण पिलर हो, कसैले सुरुआत मै राम्रो शिक्षा पाएन भने उसले पछि पनि विकास गर्दै त्यसको लागि गुणस्तर शिक्षा र गुणस्तर शिक्षक आवश्यक रहेको हुँदा त्यस तर्फ ध्यान दिन आवश्यक रहेको मन्त्री पौडेलले बताए ।

कार्यक्रमका अधिकांश व्यक्ताहरुले निजि विद्यालयलाई विभेद गरेको बताए । कोभिडको माहामारीको बेला निजि विद्यालय धाराशायी हुँदा पनि संघीय, प्रदेश र स्थानीय सरकारले यसबारे ध्यान नदिएको गुनासो गरेका थिए ।

एन प्याप्सनका पूर्व अध्यक्ष राम सुन्दर चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा नव निर्वाचित अध्यक्ष राम राज श्रेष्ठ, उपाध्यक्ष बिनोद कुमार गुप्ता, सचिव प्रमोद कुमार रायमाझी, कोषाध्यक्ष राजेश लिम्बु, सदस्यहरुमा नबिन श्रेष्ठ, अनिल साह, शशि प्रकाश साह, राजेन्द्र प्रसाद पटेल, पतिराम प्रसाद साह, सउकत अलि, होरिल साह, कामेस्वर नाथ तिवारी, राम प्रसाद तिवारी र अन्जय गुप्तालाई प्रमुख अतिथि शिक्षामन्त्री पौडेलले प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।
पूर्व अध्यक्ष राम सुन्दर चौधरीले नव निर्वाचित अध्यक्ष राम श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गर्नु हुँदै नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै आवश्यक सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

नव निर्वाचित अध्यक्ष राम श्रेष्ठले नेशनल प्याब्सन पर्साको नेतृत्व आफूले गरे पनि सबैको सल्लाह, सुझाव र सहकार्यबाट अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्नु भयो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विगतका अग्रज अध्यक्ष र सहकर्मी कार्यसमिति सबैको सहकार्यमा पर्सा जिल्लालाई शिक्षा हवको रुपमा विकास गर्न तथा शैक्षिक क्षेत्रमा देखिएका समस्याहरू निराकरणमा सदैव लागिरहने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि वीरगंज महानगरपलिकाका नगर प्रमुख विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, नेशनल प्याब्सनका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, एन प्याप्सन प्रदेश न.२ का सचिव डा. नन्दन यादव, किसान संघ पर्साका अध्यक्ष डा. बिनय श्रेष्ठ, नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, प्याप्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, सचिव छेदुप लामा, सल्लाहकार लालबहादुर गुरुङ, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिप राज कार्की लगायतको सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य नन्दन यादवले र कार्यक्रम सन्चालन ईन्द्रदेव साहले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM