काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ । यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर ५० रुपियाँ बृद्धि भएर १५ सय पुगेको आयल निगमले जनाएको छ ।