२०८२ असार २१ गते, शनिबार २२:५६

सर्वोत्कृष्ट लेडी जेसिस अवार्ड-२०७८ घिमिरेलाई

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ०८ कात्तिक ।
विश्वकै ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरुमध्येको एक जेसिस । यस अन्तर्गत नेपाल जेसिस अन्तर्गत लेडी जेसिसको भिपी अवार्ड २०७८ बाट प्रथम महिला श्रुती घिमिरे फेरि पनि सर्वोत्कृष्ट लेडी जेसिस बन्न सफल हुनु भएको छ ।
 
घिमिरे नेपालभरिका झन्डै ९ जना महिला जेसीसहरू बीच भएको प्रतिस्पर्धामा नेपाल टप भएकी हुन् । 
  नेपालकै सबभन्दा कम उमेरकी घिमिरे हाल एकता लेडिज जेसिस काठमाण्डौकी अध्यक्ष पदमा रहेर जेसिसको सिद्धान्त अनुसार समाज सेवा कार्यमा सक्रिय छिन् । 
यो अवार्ड तिहार पछि एक समारोहबीच प्रदान गरिने जेसिसले जनाएको छ ।
२०७८ लेडि जेसिसको भिपी अवार्डको उत्कृष्ट विजेतामा चयन हुनु भएकी घिमिरेले यो स्थानसम्मको यात्रामा हौसला दिने, सघाउने, मार्ग दर्शन गर्ने सम्पूर्ण अग्रज, सहकर्मी एवं शुभ चिन्तकहरुप्रति आभार प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM