Saturday, February 8, 2025
घरसमाचारचोकमै पोषाक खोलेर प्रदर्शन

चोकमै पोषाक खोलेर प्रदर्शन

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भर्यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ । एलइटालियाका पूर्व फ्लाइट एटेन्डेन्टहरूले जागिर गुमाएको र तलब काटेको विरोधमा आफ्नो युनिफर्म उतार्दै विरोध प्रदर्शन गरेका हुन् ।

रोमको क्याम्पिडोगिालोको मुख्य चोकमा करिब ५० जना पूर्व फ्लाइट एटेन्डेन्टहरू एलइटालियाको युनिफर्ममा भेला भएर त्यसलाई उतारेर भित्री वस्त्रमा उभिएर प्रदर्शन गरेका थिए । जागिर गुमाएको मात्र होइन, आईटीए एयरवेजमा पुनः अनुबन्ध गरिएकाहरूलाई दिइएको करारको पनि उनीहरूले विरोध गरेका थिए । जागिरमा फर्किएकाहरूलाई पनि राम्रो सेवा सुविधा नदिइएको ट्रेड युनियनको आरोप रहेको छ ।

आईटीएका अध्यक्ष अल्फ्रेडो अल्टाभिल्लाले हडतालको चेतावनी ‘राष्ट्रिय लज्जाको विषय’ हुने बताएका छन् । उनले कर्मचारीहरूले हालको कामको वातावरणमा काम गर्न तयार भएको जिकिर गर्दै करारका लागि गरिएको बार्गेनिङको औचित्य समाप्त भइसकेको बताए ।

एलइटालियाका १० हजार ५०० कर्मचारीमध्ये आईटीएले मात्र २८ सय जनालाई पुनः अनुबन्ध गरेको छ । त्यस्तै, एलइटालियाका ११० विमानमध्ये आईटीएले ५२ वटालाई लिएको रोयटर्सले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -