Wednesday, June 19, 2024
घरसमाचारचार तलाबाट खसेर नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदीको निधन

चार तलाबाट खसेर नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदीको निधन

काठमाण्डौ, २१ असोज ।
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्।

निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं-७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए।

उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। चतर्वेदीको बुलबुलेमै घर छ।

‘घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।’

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।

स्व. चतुर्वेदीको जन्मस्थान वीरगंज अलौं रहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -