Thursday, April 18, 2024
घरसमाचारपदको जिम्मेवारी निभाउदै विनय रावल !

पदको जिम्मेवारी निभाउदै विनय रावल !

 स्वर्ण बिक्रम शाह
हाम्रो देशमा हरेक जति पनि राजनीतिक पार्टी छ त्यो सबमा एऊटा पद हुन्छ केन्द्रीय खेलकुद बिभाग सदस्य । तर यो पद मात्र पदमा सिमित हुन्छ, कसैले केही गर्ने होईन । यो पद भनेको राजनीतिक खेलमा नेताहरुलाई चित्त बुझाउने पद मात्र हो । तर बर्दियामा नेपाली कांग्रेसको केन्द्रीय खेलकुद बिभाग सदस्य तथा महान समाजसेवी श्री विनय रावलज्यू भने एक सच्चा नेपाली कांग्रेसको उदयमान नेता भएर आफ्नो जिम्मेवारी निभाईरहनु भएक‍ो छ । चाहे पार्टीले साथ देवस चाहे नदेवस । आफ्नो  कमाईबाट भए पनि बर्दिया जिल्लामा खेलकुदको बिकाशमा लागि रहनु भएको छ ।

यसै क्रममा हामीले बर्दिया बासि श्री जन्म अधिकारीज्यूलाई अहिले भईरहेको खेलकुद प्रतियोगिता र बर्दिया जिल्लामा मानविय हृदय भएका समाजसेवी तथा नेपाली कांग्रेसका केन्द्रीय खेलकुद बिभाग सदस्य श्री विनय रावलज्यू बारे प्रस्न राख्दा उहाँले भन्नू भएको कुरा जस्ताको त्यस्तै हामीले रखेका छौ ।
बर्दिया बासि श्री जन्म अधिकारीज्यू भन्नू हुन्छ  ” खेल र खेलाडिहरू शान्तिका प्रतिकहुन यसलाई उच्च प्राथमितामा राखि “टेक समुन्द्रा रावल” ” बाराबर्दिया कप-२०७८” काे मुख्य प्रायाेजक तथा खेल प्रेमि महान मनकारि समाज सेवि तथा बर्दिया जिल्लाका उदयमान नेपाली काङग्रेसका युवा नेता बिनय रावल ज्युले यस क्षेत्रमा खेल र खेलाडिहरूमा पलायकाे निराशालाई आशामा बदल्न र खेलाडि, खेलप्रेमिहरूलाई नयाँ आशाकाे किरण थप्न याे प्रतियाेगिता शुभारम्भ देखि आज समापन सम्म विभिन्न  आर्थिक ,सामाजिक,श्राेत साधन लगायत यश प्रतियाेगितालाई बर्दिया जिल्लामा भयका अन्य प्रतियाेगिता भन्दा फरक बनाउन रहेक सहयाेग गरि आज यतिआकर्षक तथा भब्य बनाउन खेलेकाे भुमिका शब्दमा वर्णन गरेर साध्य छैन । याे खेल बर्दिया जिल्लाकै खेल ईतिहासमा काेषे ढुङा साबित हुनेछ । सहयाेग सद्भाव तथा खेल र खेलाडिहरू, दर्शक दिर्घाहरूकाे मनाेवल उच्च बनाउन हजुरकाे भाैतिक उपस्थित, हरेक सहयाेग सद्भाव ईतिहासकाे कालखण्डमा रक्तरंजित अक्षरहरूले स्वर्णिम रहने छ । हार्दिक कृतयज्ञता  अर्पण गर्न चाहन्छाै याे माया र खेलाडिहरूका लागि थपेकाे उर्जाका लागि विनय रावलज्यु। ”
यो पदको जिम्मेवारी लिएर यसरी यदि केही हितकारी मन भएका नेताहरुले आफ्नो कर्तव्य र जिम्मेवारी निभाउने हो भने हाम्रो देशमा खेलकुदको बिकाश हुन कत्ति पनि समय लाग्दैन ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -