Tuesday, April 16, 2024
घरसमाचारनारायणी रंगशाला जीर्ण, पटेलद्वारा चिन्ता व्यक्त

नारायणी रंगशाला जीर्ण, पटेलद्वारा चिन्ता व्यक्त

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ३० भाद्र / नेपालकै सबभन्दा पूरानो रंगशालामध्येको एक र प्रदेशकै एकमात्र सर्वाधिक क्षेत्रफल ओगटेको ऐतिहासिक रंगशाला नारायणी रंगशाला संरक्षणको अभावमा अत्ति नै जीर्ण बनेको छ ।

तीन तहको सरकारले खेलकुद, यसको विकासमा वर्षेनी अरबौं रुपैयाँको बजेट बिनियोजन गरेपनि ऐतिहासिक महत्व र पहिचान बोकेको रंगशालालाई सरोकारवाला पक्ष राष्ट्रिय/जिल्ला खेलकुद परिषद लगायतले बेवास्ता गर्दा नारायणी रंगशाला जीर्ण खण्डहरको रुपमा परिणत भएको प्रति नेपाल भारत विश्व मैत्री संघका पर्सा संयोजक धर्मेन्द्र पटेलले दुःख प्रकट गर्नु भएको छ ।

देशको अर्थव्यवस्था धान्ने मूख्य शहरको रुपमा परिचित वीरगंज भन्सारबाट खरबौै रुपैयाँको भन्सार राजश्व संकलन हुने गरेको भए पनि वीरगंजको विकास र ऐतिहासिक सम्पदाको संरक्षण हुन नसक्दा वीरगंजको पहिचान मेटिंदै गएको प्रति पटेलको ठूलो चिन्ता रहेको छ ।

पटेलले वीरगंजलाई दुहुनो गाई सम्झेर यहाँबाट राजश्व संकलन मात्र गर्ने, चुनाव चितेर देशको उच्च ओहोदामा पुग्ने तर विकास इत्यादी गर्नु पर्दा सौतेनी व्यवहार गर्ने राजनीतिक दल र सरोकारवाला निकायको रवैयाप्रति पौडेलले आक्रोश समेत पोख्नु भएको छ । उहाँले सरोकारवाला निकायसँग अविलम्ब रंगशालाको जीर्णोद्धार गर्न माग गर्नु भयो ।

नेपाली काँग्रेसका स्थानीय युवा नेताको रुपमा परिचित पटेलले वीरगंजस्थित नारायणी रंगशालाका साथसाथै चिनीमिल, कृषि औजारलगायतका कारखाना राज्यस्तरबाट संचालनमा ल्याई विकासको गति अगाडी बढाउनु पर्ने माग समेत राख्नु भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments