यो २०७२ सालको भुकम्प पश्चात नेपाली जनताहरुले एक अर्कालाई सहयोग गर्न सिकेका छन् । तर २०७२ देखि २०७८ आउदा मानव सेवा भनु वा समाज सेवालाई मानिसले आफू प्रख्यात हुने माध्यम बनाउन थाले । अझै यो कोभिडको समयमा त यति सम्म देखियो कि १ के जि चामल दान गरेर सेल्फि तथा फोटो फेसबुकमा राखेर आफू चर्चित हुने । के यो समाज सेवा हो ? समाज सेवा या मानवसेवा भनेको त एउटा हातले दिएको अर्को हातले थाहा पाउन भएन । यस्ता समाज सेबी नेपालमा औंलामा गन्न मिल्छ । त्यस्तै समाज सेवी मध्य एक हुन युवा समाजसेवी श्री बिनय रावलज्यू । उहाँले समाज सेवा सुरु कहिले देखि शुरु गरेको उहाँलाई पनि थाँहा छैन । बालककाल देखि नै कोमल मन र दयालु भावना भएका रावल सधै मनको कुरा सुन्छु भन्नू हुन्छ । सानै उमेर देखिनै कसैलाई समस्या पर्यो कि सहयोग गर्न अघि बडिहाल्ने बानीले नै उहाँलाई अहिले एऊटा महान समाजसेवी बनाएको छ ।
आफ्नाे ब्याक्तिगत सुख सुबिधा र बिलासि जीवन त्यागेर आफ्ना पुर्खाहरूकाे सामाजिक सेवाभावकाे कर्मलाई निरन्तरतादिन बर्दियाकाे बृहतर बिकास, स्वास्थ्य, शिक्षा, पर्यटन, स्व-राेजगार,धार्मिक संम्पदाहरूकाे, लाेपउनमुख संस्कृतिहरूकाे संरक्षण लगायतका बर्दियाबासिहरूका हरेक असहजता र दु:ख,सु:खकाे हरघडिमा, पहुचमा नरहेका हरेक झुपडिहरूमा गाँस,बास तथा न्युनतम सेवा सुबिधाका लागि अहाेरात्र सेवामा तल्लिन समाजसेवि तथा नेपाली काङग्रेसका उदयमान युवानेता बाैद्विक ब्याक्तित्व ने.का.केन्द्रीय खृलकुद बिभाग सदस्य बर्दियावासिहरूका प्रेरणा,मायाका श्राेत रावलज्यूले हरेक धर्म आस्थाहरूकाे सम्मान र सकेकाे सहयाेग गरिरहनु भयकाे कुरा जगजाहेर नै छ । साे कार्यलाई निरन्तरता दिदै ठाकुरबाबा नगरपालिका वडा नं.५ बन्कट्टिमा निर्माणाधिन शिव पार्वति मन्दिर निर्माणका लागि हालसालै रू.१,५०,०००/(एकलाख पचास हजार) नगदै सहयाेग गर्नु भयकाेमा उहालाई बर्दिया बासीले उच्च सम्मान सहित हार्दिक कृतज्ञता प्रकट गरेको थियो । बर्दियाका गरिबहरुका त बिनय जी भगवानको अवतार नै भएर सेवामा लाग्नु भएका छ । जहाँ नेपाल सरकारले केही गर्न नसकि रहेको बेलामा बिसौ बर्ष देखि बर्दियाका गरिब दुखिहरुको घाउमन मलहम र पिणामा साथ दिन सफल हुँदै आउनु भएको छ । बर्दियाका गरिब दुखिहरु यति सम्म भन्छन कि हामीलाई सरकार भनेको के हो थाहा छैन, हाम्रो लागि त भगवान भने पनि र नेपाल सरकार भने पनि बिनय रावलज्यू नै हुनु हुन्छ ।
बिनय रावलज्यूले बर्दियामा मात्र नभई जहाँ जहाँ गरिब दुखिहरुलाई आवाश्यकता पर्छ उहाँ तुरुन्त सहयोगको लागि पुगि हाल्नु हुन्छ । चाहे त्यो २०७२ सालको महाभुकम्प होस या नाकाबन्दी होस् या त कोरोना नै । नेपालमा कोभिड सुरु भए देखि नै आफ्नो टोलको क्लबहरुलाई पि पि ई, स्यानिटाईजर र मास्क देखि खाद्यान्न राहत सम्म बाढ्नमा पछाडि पर्नु भएन ।
कान्ति बाल अस्पताल, सिभिल अस्पताल, प्रशुतीगृह तथा वीर अस्पतालमा बिरामी र कुरुवाहरुलाई खाना खुवाउदा ती खाना खुवाउने क्लबहरु किङ्गकम स्पोर्ट्स क्लब, बहादुर शाह स्मृति प्रतिष्ठानलाई बारम्बार सहयोग गरिरहनु भयो । त्यसै गरि मेलम्ची र सिन्धुपाल्चोकमा वाडि पहिरो आएर त्यत्रो गाउँ र गाउँलेहरुलाई आपत आई पर्दा नेपाल आमाको माटो बचाँउ अभियानको सहकार्यमा त्याहा २ महिना खाना खुवाउने र त्रिपाल, लत्ताकपडा , भाडाकुडा लगायत खाद्यान्न सामाग्री समेत सहयोग गर्नु भएको थियो । त्यसै यरि अहिले काठमाडौमा २१ जना र काठमाण्डु बाहिर त धेरैलाई आफुले नै स्कुल पढाई दिई राख्नु भएको छ ।
यस्ता मानव उहाँ मात्र होइन अरु पनि छन र अब समय आयो हामी जनताहरुले यस्ता महान युवाहरुलाई देश हाक्न दिनु पर्छ । उहाँहरु आफै आउनु हुन्न , उहाँहरुलाई अब हामी जनताहरु मिलेर राजनीतिमा लेराउन पर्छ र यो हाम्रो मातृभूमीको बिकाश गर्नु पर्छ ।