Tuesday, October 15, 2024
घरसमाचारफोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख उपप्रमुखविच छलफल

फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख उपप्रमुखविच छलफल

प्रधानमन्त्रीभेटमा ‘मैले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्रमार्फत फोहोर व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो । कुराकानी सकारात्मक भएको छ । महानगर सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च तयार छ ।’ प्रमुख शाक्यले बताउनु भयो ।

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो साइटसम्म पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको छ । ‘यस अवस्थामा बञ्चरे डाँडा ल्याण्डफिल साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनुहुन अनुरोध गर्दछु ।’ पत्रको व्यहोरामा लेखिएको छ ।

सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । जसका कारण अहिले उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -