पर्साको ग्रामीण भेगबाट राँगा तस्करी, एकैचोटी १० थान राँगा नियन्त्रणमा

0
212

चन्द्रसूर्य समाचारदाता/
वीरगंज/सीमावर्ती भारतीय क्षेत्रबाट पर्साको पश्चिमी ग्रामिण भेगस्थित धान खेतको बाटो प्रयोग गरी नेपाल भित्र्याइएको १० थान रांगा र भैंसी नियन्त्रणमा लिइएको छ ।

प्रहरी चौकी बुडगाईका प्रमुख प्रहरी सहायक निरीक्षक शिवहरि खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपाल भित्र्याइएको पाँच थान राँगा/भैंसी मंगलबार मध्यराती करिब २ बजेको समयमा नियन्त्रणमा लिएका छन् ।

त्यस्तै मंगलबार राती नै करिब १२:३० को समयमा श्री सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस FOB) जयमंगलापुरका प्रमुख सशस्त्र प्रहरी नायब निरक्षक राम शरण सिलवालको कमाण्डमा खटिएको प्रहरी टोलीले पाँच थान राँगा/पाडी नियन्त्रणमा लिएको समाचार जानकारीमा आएको छ ।

काण्ठमाण्डौ लगायत देशभर मासुकोलागि चाहिने रांगा, भैंसी लगायतका पशु चौपाया भन्सार नाकाबाट आउन बन्द गरिएपछि तस्करहरूले पर्साको ग्रामीण भेगबाट रांगाको तस्करी भइरहेको सूचनाको आधारमा प्रहरी चौकी बुडगाई र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस जयमंगलापुरले गस्ती कडा पारेपछि एकै दिनमा १० थान रांगा/भैंसी बरामद गरिएको हो ।

बरामद गरिएका भैंसीहरू वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्राप्त समाचारमा उल्लेख छ ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here