Monday, December 9, 2024
घरविचारधर्म संस्कृतिनेपालमाथि इसाई र इश्लामिक खतरा: सिंह

नेपालमाथि इसाई र इश्लामिक खतरा: सिंह

पर्सा २२ साउन

नेपाललाई हिन्दुराष्ट्र कायम गराउन हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान पर्सामा गठन गरिएको छ ।

गाउँ गाउँ हामी जाऔं-आफनो धर्म आफैं बचाऔ, धर्म निरपेक्षतालाई डाँडो कटाऔं, हिन्दुराष्ट्र पुन लेखाऔं भन्ने मुल नाराका साथ हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत पर्सामा गठन गरिएको हो ।

विश्व हिन्दु परिषदले विभिन्न हिन्दुवादी संघ सगठनको शुक्रबार वीरगन्जमा गराएको भेलाले पूर्व प्रधानाध्यापक सत्रुधन गिरीको संयोजगत्वमा ६ सदस्यीय हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानको पर्सा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

नव गठित तदर्थ समितिको सदस्यमा अधिवक्ता विजय कुमार, उपभोक्ता मंचका धिरज शर्मा, अधिकारकर्मी जयकरण मिश्र र सुनिल मल्लिक रहेका छन । तदर्थ समितिले एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा संगठन विस्तार समितिको मुल रुप दिने संयोजक गिरीले बताए ।

नव गठित तदर्थ समितिका संयोजक गिरीले जिल्लाभर सुतेको हिन्दुलाई जागरुक बनाई आफनो धर्म र संस्कृतिको रक्षाको निम्ती नेपाललाई पुन: हिन्दुराष्ट्र कायम गराई हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानलाई सफल बनाउँन प्रतिबद्धता जनाए ।

भेलालाई सम्बोधन गर्दै अभियानका अभियानता तथा विश्व हिन्दु परिषद संगठन मन्त्री जितेन्द्र कुमार सिंहले नेपाललाई पश्चिमि मुलुकको ईसारामा जबरजस्ती धर्मनिरपेक्ष बनाईएको आरोप लगाए ।

उनले भने, मुलुकका प्रमुख राजनितिक दलहरुले युरोपियन डलरमा आफनो धर्म संस्कारलाई नै बेचेर जबरजस्ती हिन्दुराष्ट्र खारेज गरेका हुनाले नेपाललाई पुन: हिन्दु राष्ट्र कायम गराउन देशभरीको हिन्दु समाज संगठित हुनुपर्छ ।

धर्मनिरपेक्षताको आड्मा मुलुकमा बढ्दै गएको ईसाई र मुस्लीमिकरणका कारण हिन्दु धर्म नै संकटमा पर्न थालेको भन्दै नेपालमा रहेको ९४ प्रतिशत ओमकार परिवारले समयमै सचेत भई आफनो धर्मको रक्षाको निम्ती पनि अगाडी बढ्नु पर्नेमा जोड समेत उनले दिए ।

हिन्दु स्वयंसेवक संघ पर्साका संघचालक ललन द्विवेदीको संयोजकत्वमा सम्पन्न भएको भेलामा विभिन्न हिन्दुवादी संघ संगठन, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -