लागुऔषधसहित चारजना पक्राउ

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २१ श्रावण ।

लागुऔषधसहित प्रहरीले वीरगञ्जबाट चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट वडा नम्बर ९ रामटोल बस्ने ४५ वर्षीय जितेशप्रसाद श्रीवास्तवलाई पक्राउ गरेको हो।

उनको साथबाट झोलाभित्र लुकाएर ल्याएको अवस्थामा ओनेरेक्स २ सय ३१ बोतल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

यस्तै, वीरगञ्ज–१५ शंकराचार्य गेट नजिकैबाट ना ४१ प ६८४४ नम्बरको स्कुटरको डिक्कीमा लुकाई ल्याएको लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ–४ सीतापाइला बस्ने ३२ वर्षीय विमल श्रेष्ठ र मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय डेनिएल तामाङ छन्।

उनीहरूको साथबाट स्कुटीको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा लागुऔषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० र फेनारगन ३० एम्पुल प्रहरीले बरामद गरेको छ।

यस्तै, वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट ना २३ प २५६५ नम्बरको स्कुटीको डिक्कीमा लुकाई ल्याएको लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उप महानगरपालिका–४ बस्ने २७ वर्षीय विकास देउला छन्। उनको साथबाट प्रहरीले लागुऔषध कोडेलिन ३३ बोतल, नाइट्राभेट ७५ ट्याब्लेट, स्पाकोरभोन प्लस ८ पिस बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्