Tuesday, June 18, 2024
घरक्राइम चेकप्रहरी सेटिंग र डेटिंगमा, मोटरसाइकल चोरीको घटना बढ्यो

प्रहरी सेटिंग र डेटिंगमा, मोटरसाइकल चोरीको घटना बढ्यो

सुरज गुप्ता
वीरगंज, २० श्रावण ।
प्रहरी प्रशासनको बाक्लो उपस्थितिका बाबुजद पनि वीरगंज लगायत पर्सा जिल्लामा मोटरसाइकल चोरीका घटनाहरू बढ्न थालेका छन् ।

पर्सा प्रहरी नेतृत्वले परिचालन गरेको विभिन्न नामका प्रहरी टोली तस्करसँग सेटिंग एवं डेटिंगमा व्यस्त एवं मस्त हुन थालेपछि मोटरसाइकल चोरहरूलाई सहजता प्राप्त भएको देखिन्छ ।

यस्तै सहजताको फाइदा उठाउँदै वीरगंजको अति व्यस्त बाजार मेनरोड आदर्शनगर चोकस्थित सिद्धार्थ बैंक अगाड़ी पार्क गरि राखिएको मोटरसाइकल दिउंसो सहजै चोरी गरि भाग्न सफल भएका छन् ।

मंगलबार दिउंसो १२:४० देखि १:४५ को बीचमा सो स्थानबाट ना ३९ प ५१५४ नम्बरको मोटरसाइकल चोरी भएको पीड़ित मनिष प्रसाद कलवारले बताएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -