Wednesday, October 16, 2024
घरसमाचारप्रदेश-२ का ऊर्जा तथा खानेपानी विकास मन्त्री शर्मा प्रेस युनियनद्वारा सम्मानित

प्रदेश-२ का ऊर्जा तथा खानेपानी विकास मन्त्री शर्मा प्रेस युनियनद्वारा सम्मानित

चन्द्रसूर्य समाचारदाता
वीरगंज, १६ श्रावण/
प्रदेश-२ का ऊर्जा तथा खानेपानी विकास मन्त्री ओम प्रकाश शर्मालाई नेपाल प्रेस युनियनले एक समारोहबीच सम्मान गरेको छ ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेस-२ का उर्जा तथा खानेपानी विकास मन्त्री माननीय ओम प्रकाश शर्मा, विशिष्ट अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता,  प्रजातान्त्रिक प्राध्यापक संघ ठाकुरराम क्याम्पसका उपाध्यक्ष कन्हैया झा, अतिथिहरु नेपाल तरुण दलका केन्द्रिय पार्षद हुकुम सिंह, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश सदस्य सन्तोष मिश्र लगायत नेपाल प्रेस युनियन पर्साका पदाधिकारी सदस्य एवम पर्सेली पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

सो सम्मान कार्यक्रममा अध्यक्ष कुर्मीले माननीय मन्त्री ओम प्रकाश शर्मा ज्युलाइ दोसल्ला ओढाउनुका साथै सम्मानपत्र दिएर सम्मानित गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि माननीय मन्त्री ओम प्रकाश शर्माले आफुले जहिले पनि वीरगंज लगायत सम्पूर्ण देशलाई नै माया गरेकोले सम्पुर्ण देशवाशीकै हित हुने कार्य गर्न प्रतिबद्ध रहेको र अहिलेको प्रदेश सरकारमा थोरै समय, श्रोत एवं साधनबाट केही गरि छाडने प्रतिबद्धता जाहेर गर्नु भयो ।

आफू वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष हुदा देखि नै आर्थिक नगरी बिरगंज र आसपासको बिकासको लागि देश मै मात्र नभै बिगतमा भारतका राज्य एवम केन्द्रिय मन्त्रीहरूसँग सिमावर्ती बाटो घाटो यातायातको लागि घच्घच्याइ रहेको र उप्रान्त पनि वीरगंज प्रदेश-२ का जनता , उद्योगी, पत्रकार लगायतको लागि आवश्यक कार्यको थालनी गरिसकेको र केही समयमा त्यो देखा पर्ने बताउनु भयो ।

मलाई शुरुवात देखि नै प्रेसले निकै माया साथ दिएको हुनाले निकट भबिस्यमा प्रेस, एफ एम एवम टिवि स्टेशन चलाउन लाग्ने उर्जाको बैकल्पिक ब्यवस्थापन गर्ने अवधारणा कार्यान्वयनमा ल्याउने प्रयासको थालनी गरिसकेको र छिटो त्यसले मुर्त रुप लिई सन्चारक्षेत्रलाई सघाउने छ । सम्पूर्ण जनता, प्रेस एवम नेपाली काङ्ग्रेस पार्टीको साथ मायाले नै आफू यहाँ सम्म आइपुगेको र आगामी दिनमा पनि साथ र मायाको अपेक्षा गर्दै आफुलाई आफ्नै गृह जिल्लामा सम्मानित गरेकोमा प्रेस युनियन पर्सा परिवारलाई धन्यवाद पनि व्यक्त गर्नु भयो ।

सो अवसरमा अध्यक्ष कुर्मीले माननीय मन्त्री शर्माले बिगतमा गर्दै आउनु भएको प्रसंशनिय एवम जनउपयोगी कार्यहरुले गर्दा नै आज उहाँ मन्त्री बन्न सफल हुनु भएको र यसमा वीरगंजवासी देखि सम्पूर्ण देशवासी नै खुशी भएका छन् साथै माननीय ज्यूलाई सम्मानित गर्नु पछाडि यहि कारण रहेको एवम आगामी दिनमा अझ बढी जनउपयोगी कार्यहरु गर्दै जनता, प्रदेश र देशको सेवा गर्दै जानुस प्रेस युनियन पर्सा र जनताहरु तपाईंको साथमा छन भनि शुभकामना दिएका थिए ।

सो सम्मान कार्यक्रममा विशिष्ट अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, कन्हैया झा, हुकुम सिंह, सन्तोष मिश्र , रितेश त्रिपाठीले माननीय मन्त्री शर्माले गर्नु भएको असाधारण एवम लोकप्रिय कार्यको प्रसंशा गर्दै उहाको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए भने कार्यक्रम को सहजीकरण प्रेस युनियन पर्साका सचिव लाल किशोर सिंहले गर्नु भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -