नेपाल-भारत विश्व मैत्री संघको पर्सा जिल्ला संयोजकमा पटेल मनोनित

0
268

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, १३ श्रावण/

नेपाल भारत विश्व मैत्री संघको पर्सा जिल्ला संयोजकमा युवा नेता धर्मेन्द्र कुमार पटेल चयन भएका छन् ।

बुधवार संघको केन्द्रिय कार्य समितिको बैठकको निर्णय अनुसार आस्वारी निवासी धर्मेन्द्र पटेललाई पर्सा (वीरगंज)को संयोजक पदमा मनोनित गरिएको केन्द्रिय महासचिव किरण राज रेग्मीले बताए ।

संघको संयोजकको जिम्मेवारी पाएका पटेलले आफ्नो कार्य क्षेत्र पर्सा जिल्लामा संस्थाले दिएको जिम्मेवारी एवं लक्ष्य अनुरूप नेपाल-भरतबीच युगौं युग देखि चलिआएको परम्परागत मैत्रीपूर्ण सद्भावका कार्यक्रमहरूलाई ऐतिहासिक रुपमा संचालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

संयोजक पटेलले आफ्नो कार्यकालमा द्विदेशीय सामाजिक, धार्मिक लगायत सामूहिक हितका कार्यमा महत्वपूर्ण एवं ऐतिहासिक कार्यहरु गर्दै जाने बताउनु भएको छ ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here