Wednesday, October 16, 2024
घरक्राइम चेकपति-पत्नीबीच पासवर्ड परिवर्तन विवाद, सालो प्रनिद्वारा भिनाजु कुटिए

पति-पत्नीबीच पासवर्ड परिवर्तन विवाद, सालो प्रनिद्वारा भिनाजु कुटिए

वीरगंज। वाईफाईको पासवर्ड परिवर्तनका विषयमा श्रीमान् र श्रीमतीबीच भएको विवादमा प्रहरी निरीक्षक सालोले भिनाजुलाई निर्घात कुटपिट गरेका छन् ।

प्रहरी निरिक्षक ओम प्रकाश यादव, जयप्रकाश यादव र अजय यादव लगायतले भिनाजुलाई वीरगंज श्रीपुरस्थित घरमै पुगि निर्घात कुटपिट गरेका हुन् ।

नेपाल पोष्ट डेलीका अनुसार पकहाँ मैनपुर गाउँपालिका वडा नं ४ घर भई वीरगंज श्रीपुरस्थित घरमा बस्दै आएका वासुदेव यादवलाई उनका प्रहरी निरीक्षक सालोले कुटपिट गरेको जनाइएको छ । घरमा वाईफाई पासवर्ड किन परिवर्तन गरेको भन्दै श्रीमती सुगन्धि देवि यादवसँग विवाद भएको थियो । यहि विवादको निहुँमा भिनाजुलाई कुटपिट गरिएको खबर छ । प्रहरी निरिक्षक यादवले घर निर्माण गर्ने रड, बास, प्रेसर कुकरबाट भिनाजुलाई कुटपिट गरि घाईते बनाए । यता, श्रीमानको कुटाईबाट श्रीमती पनि गम्भीर घाईते भएकी छन् ।

सालोहरुको कुटपिटबाट गम्भीर घाईते भएका यादवको नारायणी अस्पतालमा उपचार भईरहेको छ भने यादवकी श्रीमती सुगन्धि देवीको तराई अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -