Tuesday, October 15, 2024
घरविचारबिरामी खर्चको नाममा नेताहरुद्वारा राज्यकोषको ब्रह्मलुट ।

बिरामी खर्चको नाममा नेताहरुद्वारा राज्यकोषको ब्रह्मलुट ।

हाम्रो मुलुक बलियो र संम्ब्रृद्ध त या राणा कालिन युगमा देखियो या भने पंचायती ब्यबस्थामा । त्यति बेला मुलुक कति धनी थियो, राज्यकोष राज्य र जनताको भार सजिलै थाम्न सक्ने थियो जुन कुरा १९९० सालमा आएको महाभुकम्पले क्षति पुराएको सम्पूर्ण निर्माण राज्यले कुनै पनि देशको सहयोग नलिई आफै सम्पन्न गरेका थिए ,जनतालाई बिना ब्याजी ऋृण उपलब्ध गरायो र ऋृण तिर्न नसकेकालाई ऋृण माफ पनि गरिएकोले पुष्टि गर्छ । त्यसैले त उति बेला ब्रिटिष जस्तो सामराज्यलाई नेपालले ऋृण दिन सकेको थियो र ईन्डियाले ४५ सालमा नाकाबन्दी गर्दा मट्टीतेल समेत प्लेनमा ल्याएर जनतालाई बाड्न सकेको थियो । त्यतिबेला हामीले ईन्डियालाई तेल बेच्थेउ भने आज उ संग किन्न पर्ने र त्यो पनि हात जोडेर, यस्तो किन भयो त ?
यसको जवाफ एऊटै छ कि राणा कालिन र पंचायती ब्यबस्थामा नियम कानुन कडा थियो र सब्बैलाई लाग्थ्यो । हो यो सत्य हो कि त्यतिबेला साना ठुला भनिदैन थियो जस्तो आजकल भई रहेको छ । धनिलाई माफि गरिबलाई सजाए । त्यति बेला देश बलियो थियो, सरकार बलियो थियो । सो समयमा राज्यकोषको ढुकुटीको साँचो सरकार संग हुन्थ्यो । तर जब बहुदल आयो त्यो साँचो प्रधानमन्त्री कहाँ पुग्यो र तब देखि राज्यकोषमा प्वाल पर्न थाल्यो । अझ लोकतन्त्र र गणतन्त्र हुदा सम्म त त्यो सँचो सम्पूर्ण मन्त्री , राज्य मन्त्री र पहुचवालाका घरघरमा पुग्न थाल्यो । अनि त्यो प्वाल परेको राज्यकोषमा ब्रह्म लुट सुरु हुन थाल्यो । जसको नमुना म तल बयान गर्न जाँदै छु । ती सम्पूर्ण ब्रह्म लुटमा सबै भन्दा सजिलो लुट भनेको बिरामी परि स्वस्थ्य उपचारको नाममा राष्ट्रपति देखि प्रधानमन्त्री हुँदै मन्त्री , नेता र सम्पूर्ण पहुचवालाहरुको दवदवा कायम भयो र राज्यको दोहन दिन दुई गुणा रात चौगुणा बढ्दै गएर आज हाम्रो मुलुक ऋेण जै ऋृणमा डुबिरहेको छ ।
यहाँहरुलाई अचम्म लाग्न सक्ला बहुदल देखि देश गणतन्त्र सम्म आउदा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सामसद र पहुच वालाहरुले राज्यकोषबाट बिरामी खर्चको नाममा लिएको खर्चहरु ४ अर्ब भन्दा माथि पुगिसकेको छ । यो पनि जम्मा एक दशकमा सिमित पावरवालाहरुले लिएको खर्च । जुन खर्चमा त देशमा नै देशकै सबै भन्दा भब्य अस्पताल बन्न सक्थ्यो जसबाट ३ करोड नेपालीहरुले उपचार र सेवा पउथे । तर यहाँ ठिक उल्टो नाम जनताक‍ो तर लुट नेता र पहुचवालाहरुको भयो र अझै यो क्रम जारी छ, बरु देशले ऋृण नै लिन नपरोस नेताहरुलाई उपचनरको लागि बिदेश जानै पर्छ । त्यसैले जनताको लागि परिवर्तन आयो भन्नू बेकार छ र सुखी नेपाली र सम्ब्रिद्ध नेपाल भन्ने नारालाई यसले धुत्कार्छ ।
स्वस्थ्य उपचारकोलागी सबै भन्दा बढी रकम लिनेमा त सबै क्षेत्रमा अगाडि रहने हाम्रा प्रधानमन्त्री नै पर्छन ।
अहिले आएर अर्को नयाँ कानुन बनेको छ जनताहरुको लागि आएको छ त्यो नयाँ कुरा सामन्त र निरंकुश भनिएको राजा र राणाले बनाएको वीर अस्पताल जहाँ गरिब जनतालाई निसुल्क उपचार गरिदै आएको थियो र यो जनताकोलागि बनेको जनताको बलियो सरकारले आफ्नो बलको आडमा अब सबै र जस्तै गरिब बिरामी आए पनि उनिहरुलाई दिनको एउटा बेडको रु २०० चार्ज लाग्ने भएकको छ र यसलाई हामी शताब्दीको सरकारको नै खत्तम निर्णयमा लिन सक्छौ । शताब्दी देखि नै गरिबहरुको निसुल्क उपचार गराई रहेको वीर अस्पतालमा यस्तो के भयो कि शताब्दी देखि चलि आएको नियमलाई टोडि अहिले शुल्क लिन थालियो ? शताब्दी देखि सम्पूर्ण गरिब बिरामी जनताको भार थाम्दै आएको वीर अस्पताल किन अहिले आएर त्यो भार थाप्न नसक्ने भयो ? यसरी शताब्दी देखि गरिबहरुलाई निसुल्क उपचार चलिआएको वीर अस्पतालमा अब भन्न थालिएको छ कि यदि पैसा छ आउ नत्र नआउ । पैसा नभएको जनताले पनि उपचार पाउन पर्छ भनेर खोनिएको मुलुक कै जेठो अस्पतालमा कठोर र शोषक मानिएको राणा र राजाको पालमा समेत पैसा नलिने वीर अस्पतालमा आखिरमा जनताको नै सरकार मानियको लोकतान्त्रिक गणतन्त्रमा आएर पैसा नभएका त नेपाली जनता नै होईन भनेर सरकारले वीर अस्पतालको यो नयाँ कानुनद्वारा प्रमाणीत गरेको छ र साथै यसैबाट यो पनि पुष्टि भएको छ कि अब जनताको सेवा, हक र अधिकार सम्बिधानमा मात्र सिमित भएको छ ।
यसरी अहिले जनता बिरामी भए जसरी पनि ऋृण गरेर हुन्छ कि जग्गा जमिन बेचेर भए पनि पैसा चाहिँ तिरेरै उपचार गराउन पर्यो र पैसा नभएका गरिब जनताको लाई भने त्य‍ मात्र एउटा अस्पताल वीर अस्पतालको ढोका पनि अब सदाको लागि बन्द भएको छ ।
जनता बिरामी भए त जसरी पनि पैसा लेराउनु पर्यो तर जनताद्वारा जनताको लागि बनाएको जनताको बलियो मानिएको यो सरकारमा जब नेता बिरामी हुन्छन् , त्यो दुखको कुरा हुदैन पैसाको कुरो हुदैन उल्टै राज्यको कोष दोहन गर्ने अवसर हुन्छ उनिहरुको लागि । कति सम्म भने बिरामी भएको जाटक गरेर नेताले राज्यकोष हसुर्ने गरेका छन । यस्तो जनता र नेता बिच हुने फरकलाई सायद गणतन्त्र भन्छ होला । बिगतलाई कोट्याउने हो भने हामी सजिलै जन्न सक्छौ कि नेताहरुले बिरामीको नाटक गरि उपचारको बाहानामा राज्यकोष कति लुटेका छन् भनेर । नेपालमा राजसंस्था हुदा राजा समेतलाई हृदयघात हुदा पनि बिदेश होईन आफ्नै देशको वीर अस्पतालमा राजा बिरेन्द्र र नर्भिक अस्पतालमा राजा ज्ञानेन्द्रलाई राखेको हामी सबैलाई थाहा छ तर नेतालाई छेरपटि लागे पनि बिरामी बनाई उपचार गर्न किन बिदेश पठाईन्छ ? नेताहरुको उपचार स्वदेशमा किन हुदैन ? कि नेताको उपचार नेपालमा गर्न नपाउने कानुन बनेको छ कि नयाँ सम्बिधानमा ? नत्र किन मन्त्री , नेताहरु बिरामी परेकि बिदेश गयो त्याँहा उसको उपचार हुन्छ हुदैन दैबले जानुन तर बिरामी ठिक भएर नेपाल आएपछि काठमाण्डौमा एउटा घर भने निश्चय नै बन्छ । यो कस्तो नियती हो जनता बिरामी परे निको हुन्जेल उा मृत्यु हुदा सम्म त्यो गरिब वनतनको जमिन घरबार जाने तर नेता बिरामी परे आनन्दले बिदेशमा घुमे पछि ठिक पनिभई हाल्ने र काठमाण्डौ पुगे पछि जमिन वा घरै पनि पाउने । यो कस्तो ब्यबस्था हो ? के लोकतन्त्र, गणतन्त्रमा जनताको छोराछोरी राज्य प्रमुख भई जनताले बनाएको ब्यबस्था यस्तै हुन्छ  ?

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -