Sunday, September 8, 2024
घरक्राइम चेकपत्रकारको प्रश्नः प्रेस ज्याकेट दुरुपयोगका विषयमा मौनता किन?

पत्रकारको प्रश्नः प्रेस ज्याकेट दुरुपयोगका विषयमा मौनता किन?

२६ चैत्र, काठमाडौँ । प्रेस ज्याकेट पत्रकारका लागि मात्र हो । अन्य पेशाका व्यक्तिले आमसञ्चारको पहिचान देखिने ज्याकेट, भेष्ट वा अन्य कुनै पनि प्रकारका कपडा लगाउनु दुरुपयोग हो । आज नेपाल पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्ने पत्रकारहरुले अवस्था देखाउँदै, नियमनकारी निकायलाई प्रश्न गरेका छन्, प्रेस ज्याकेट दुरुपयोगका विषयमा किन मौनता ?

मञ्चलाई व्यवसायिक न्हुच्छेनारायण श्रेष्ठले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ४५० थान र अनलाइन टिभी जर्नालिष्ट एशोसिएसनलाई ५० थान प्रेस ज्याकेट उपलब्ध गराएपछि ‘समसामयिक आमसञ्चारका सन्दर्भ’ विषयमा बोल्ने पत्रकारहरुबाट यस्तो धारणा आएको हो ।

‘घटना वा अवस्थाको सही सूचना दिन प्रतिकुल अवस्थामा घटना वा विषयका पहुँच पुग्न पत्रकारहरुले आमसञ्चारको पहिचान हुने पोशाक लगाउने हो । यसको प्रयोग सही र निश्चित समयमा समयमा मात्र हुन्छ ।’ कार्यक्रममा पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले धारणा राख्नुभयो । पत्रकारको पोशाकको दुरुपयोग भएकोप्रति सम्बन्धितले समयमा ध्यान दिन नसके यसले सामाजिक व्यवस्थापनमा ठूलो विसंगति सिर्जना गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा धारणा राख्दै उपाध्यक्ष चन्द्रमणि भट्टराईले, आकस्मिक सेवामा काम गर्ने अन्य पेशाकर्मीले लगाउनेभन्दा आमसञ्चारमा काम गर्नेले लगाउने पोशाक फरक हुनुपर्ने धारणा राख्नुभयो । पत्रकारले लगाउने पोशाकले परिचय दिने मात्र होइन, रिपोर्टिङ्का लागि आवश्यक उपकरण तथा त्यस क्रममा उसको आधारभूत आवश्यकता पूरा हुने सामान अट्टाउने खालको हुनुपर्ने भट्टराईको भनाइ थियो ।

अहिले बजारमा देखिएको पोशाक व्यापार सहजताका लागि मात्र हो । यस प्रकारका कपडाको निर्वाध विक्रीले ल्याउने समस्याका विषयमा सम्बन्धको अहिले नै ध्यान जानु पर्छ । त्यस क्रममा मञ्चका महासचिव विमल थापाले धारणा राख्नुभयो । यसप्रकारका विकृतिको व्यवस्थापनका लागि एशोसियट प्रदेश समितिले काम थाल्नेछ । त्यस क्रममा एशोसियट प्रदेशका निर्विरोध निर्वाचित महासचिव रोयल आचार्यले, समितिको पदाधिकारीमा आफूले पद तथा गोपनीयताको शपथ खाएपछि यो विषयलाई प्राथमिकतामा राख्ने आचार्यको भनाइ थियो ।

हामी हरेक प्रकारका पोशाक तयार पार्छौँ । प्रेस ज्याकेट पनि उत्तिकै बन्छन् । तर, यसको विशेषताका विषयमा मञ्चका पदाधिकारीले बताएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले फरक प्रकारको पोशाक निर्माण गरेर मञ्चलाई दिएको व्यवसायी न्हुच्छेनारायण श्रेष्ठको भनाइ थियो ।

त्यस क्रममा एशोसियटकातर्फबाट केन्द्रीय सदस्यका प्रत्यासी ओमबन्धु कार्की, सामुदायिक रेडियो प्रसारक मञ्चका केन्द्रीय सदस्य नविन नससिंह नेपाली, अनलाइन टिभी जर्नालिष्ट एशोसिएसनका महासचिव पवन फुयाँल, चन्द्रसूर्य वाणी दैनिकका प्रमुख सम्पादक सन्तोष मिश्रलगायतले पत्रकारितालाई पूर्ण व्यवसायिक नबनाएसम्म पत्रकारका नाममा हुने यसप्रकारको विसंगति नरोकिने धारणा राख्नुभयो । यसप्रकारको पोशाक लगाएर अनुचित लाभ लिनेको संख्या धेरै छ । यसको नियमन गर्ने निकाय किन मौन? यस मौनताभित्रको रहस्यका विषयमा अब कुरा गर्ने कि नगर्ने? उहाँहरुको प्रश्न थियो ।

कार्यक्रममा पत्रकार मञ्चकातर्फबाट एशोसियट प्रदेशमा निर्विरोध निर्वाचित महासचिव रोयल आचार्य तथा सदस्यहरु सन्तोष मिश्र, सरस्वती गौत्तम, राजेन्द्र प्रजापति र इजहार मिकरानीलाई सम्मान गरिएको थियो ।

शब्दचित्र: चन्द्रमणी भट्टराई

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -