चेपाङ वस्तीका बालबालिका र मन्त्रीको कुर्सी

0
214

हाम्रा मन्त्रीहरु र सभासदहरुलाई त्यो कुर्सीमा बस्ने अधिकार छैन

– स्वर्ण विक्रम शाह
केहिदिन अगाडि धादिङको गजुरी गाउँपालिका अवस्थित चेपाङ समुदायका बस्ति पुग्ने मौका मिल्यो । त्यहाँ गएर त्यहाँको माथिल्लो चेपाङ बस्ति, तल्लो चेपाङ बस्ति, त्यहाँको स्कुल र बालबालिका तथा सम्पूर्ण चेपाङ समुदाय र तामाङ्ग समुदायको बारेमा एक एक घर गई बुझ्ने मौका पनि पाए । त्यहाँ चेपाङहरुको बारेमा थाहा पाईयो ।

उक्त वस्तिमा गएर थाहा पाईयो कि त्याँहाको बच्चाहरु कसरी २-३ घण्टा लगाएर यस्तो जाडोमा बिना सुईटर, ज्याकेट एक सरो लुगामा, नाङ्गो खुट्टा हिडेर स्कुल जाँदा रहेछन् । कसरी एउटा आमाबाबुले आफ्नो बच्चाहरुलाई पढाइ रहेका रहेछन् । उक्त स्कुलमा अचम्म त यो लाग्यो कि कक्षा ५ सम्मको बच्चाहरुलाई सरकारले रु १५ को खाजाको व्यवस्था गरिदिएको रहेछ भने कक्षा ६, ७ र ८ को बिद्यार्थीहरुलाई त्यो खाजा पनि नदिएको रहेछ र त्यस्तो खाजा नपाउने जम्मा ६० जना रहेछन् । हाम्रा मन्त्री महोदयहरुको ५ मिनेटको बैठक बस्दा करडौंको खाजा खान्छन् तर २ घण्टा ३ घण्टा लगाएर स्कुल आउनेहरुलाई जाबो १५ रुपैयाँको खाजा पनि छैन । यो देख्दा लाग्छ धिक्कार छ सरकार ।

त्यहाँका चेपाङहरुले एउटा पेन्सिल पनि बल्ल बल्ल किनेर त्यसलाई ३-४ टुक्रा पारेर ३-४ जना बच्चाहरुलाई बाँडेर पढाई रहनु भएको रहेछ । उक्त बस्तीका चेपाङहरुको आयश्रोत भनेको बाख्रा पालन र कुखुरा पालन रहेछ । यसमा पनि उनीहरुसँग भएको बाख्रा त्यहि २-३ वटा र कुखुरा ५/६ वटा त्यो पनि आधि चेपाङको त त्यति पनि छैन । ६-७ जना संग गाई छ र दूध बेच्दा रहेछन । कत्ति बच्चाहरु आर्थिक अवस्था कमजोर भएर स्कुल जानबाट बन्चित छन् । यो सुन्दा मनमा चसक्क भयो । के यसमा नेपाल सरकारको आँखा साच्चिकै नपुगेको नै हो त ? के हो नेपाल सरकारले हेर्न पर्ने होईन ?

उक्त चेपाङ बस्तीमा जम्मा २ स्कुल गरेर ३७० बिद्यार्थीहरु रहेछन तर बिडम्बना ती विद्यार्थीहरुमा पूरा स्कुल ड्रेस कोहिसँग पनि रहेनछ । भएकाहरु संग पनि पुरानो, च्यतिएको, नयाँ त एक जना संग पनि छैन । ८०% बिद्यार्थीहरु संग किताब र कपि बोक्न एउ्टा साधारण झोला सम्म पनि छैन, हातैमा बोकेर स्कुल जान्छन् । कत्ति बिद्यार्थी त खाजा खान पाईन्छ भनेर पनि स्कुल जाँदा रहेछन् । राजधानी काठमाण्डौसँग जोडिएको जिल्ला धादिङ, काठमाण्डौबाट जम्मा ७२ किलो मिटर टाढा रहेको गाउँको त यो अवस्था छ भने अरु टाढाको गाउँमा कस्तो अवस्था होला ?

चेपाङ नै भए पनि ती बालबालिकाहरु हाम्रो देशको भबिष्य हुन्, देशका कणधार हुन । तिनिहरुले कक्षा १० सम्म त निःशुल्क शिक्षा पाउनु पर्छ । यो देशको दायित्व हो । जब देश हाँक्नेहरुलाई दायित्व, कर्तब्य, जिम्मेवारी के हो थाहा छैन भने यस्ताहरुसंग देश विकासको हामीले के आशा राख्ने ? देशको अवस्था यस्तो छ तर हाम्रा नेताहरुलाई कुर्सी नै सबै थोक छ । यस्ताहरुको हातमा देश रहुन्जेल यो देशको अवस्था कस्तो पो होला ?

उक्त चेपाङ बस्तीको बारेमा सब थाहा पाए पछि र हाम्रा नेताहरुको कुकर्म देखे पछि त यो लागि रहेको छ कि हाम्रो देश हाँक्नेहरुलाई त्यो कुर्सीमा बस्ने के अधिकार छ ? त्यहाँका चेपाङहरु सानो झुपडीमा बसेर जीवन बिताई रहेको छ भने यहाँ जनप्रतिनिधिहरु चिल्ला गाडिमा बालुवाटारको आलिसान बङ्गलामा बसेको के अर्थ भयो र ? हामी जनताको रगत पसिना एक गरि कमाएको कर र हाम्रा युवाहरुले आफ्नो ज्यानको बाजी लगाएर पठाएको रेमिट्यान्सबाट तलब भत्ता लिन यी मन्त्रीहरु र सभासदहरुलाई सुहाउँछ ? के यस्को लायक छन् हाम्रा मन्त्रीहरु र सभासदहरु ? एकातिर चेपाङहरु आफ्नो बच्चाहरुलाई त्यहि साधारण स्कुलमा पढाउन धौ धौ भईरहेको छ भने यहाँ हाम्रा मन्त्री महोदयहरु र सभासद महोदयहरुको बच्चा भने महङ्गो महङ्गो स्कुलमा पढिरहेका छन, अझ कति त बिदेश गएर पढिरहेका छन् । के यो अत्ति नै भएन ? यस्तो हुदा त ती सम्पूर्ण मन्त्रीहरुले र सभासदहरुले तुरुन्तै राजिनामा दिएर ती चेपाङहरु संग माफि माग्नु पर्छ ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here