२०८२ माघ १३ गते, मंगलवार ०३:५१

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु

रौतहट, १५ । सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्र रुपमा तयारी थालेको छ । सो अन्तर्गत आज देशभरीका सबै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन भएको छ ।

निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार माघ १५ मतदाता नामावली तथा सोसँग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताउनु भयो ।

जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ७४ महिला, एक लाख ९८ हजार तीन सय पैंसठी पुरुष र तेश्रो लिंगी एक जना गरी तीन लाख ६० हजार ६ सय ४० जना मतदाताहरुको नामावली प्रकाशन भएको छ । अद्यावधिक र दाबी विरोध कार्यक्रम सम्पन्न भएपश्चात मतदाताहरुको अन्तिम नामावली टुंगो लाग्ने निर्वाचन अधिकारी दासले बताउनु भयो ।

जिल्ला निर्वाचन अधिकारी दासले दिनु भएको जानकारी अनुसार मतदाताहरुले आफ्नो स्थायी ठेगाना रहेको पालिका केन्द्रमा माघ १६ गतेदेखि १८ गते सम्म मतदाता नामावलीमा आफ्नो नाम हेर्न सकिने, मतदाता नामावलीको आफ्नो नाम वा विवरणमा कुनै त्रुटी भए सच्याउन, आफ्नो नाम दोहोरो परेको भए, वा मृत्यु भएकाको विवरण हटाउन निवेदन दिन सक्ने छन् । सो कार्यकालागि जिल्ला स्थित सबै स्थानीय तहमा एक जना सहायक नाम दर्ता अधिकारी नियुक्त गरिएको समेत जिल्ला निर्वाचन अधिकारी दासले बताउनु भयो ।

त्यसैगरी कसैले झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा माघ १६ र १७ गते स्थानीय तहको केन्द्रमा खटिएका सहायक नाम दर्ता अधिकारी समक्ष उजुरी दिन सकिने जि.नि.अ. दासले बताउनु भयो ।

यस अघि रौतहटमा कायम रहेको २७७ मतदान स्थल र ४४९ मतदान केन्द्र मध्ये चार वटा मतदानस्थल परिवर्तन गरिएको, एउटा मतदान स्थल खारेज गरी सोही वडाको अर्को मतदानस्थलमा गाभिएको तथा दुई नयाँ थप गरी आगामी निर्वाचनकोलागि २७८ मतदान स्थल कायम हुने तथा ४८१ मतदान केन्द हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM