Tuesday, October 15, 2024
घरक्राइम चेकसेभ अ चाइल्ड'स् फ्यूचर"द्वारा सिद्धेश्वर माविका व्यवस्थापन समिति अध्यक्ष सम्मानित

सेभ अ चाइल्ड’स् फ्यूचर”द्वारा सिद्धेश्वर माविका व्यवस्थापन समिति अध्यक्ष सम्मानित

चन्द्रसूर्य समचारदाता/
काठमाण्डौ/ काठमाण्डौ-३१ बानेश्वरमा रहेको सेभ अ चाइल्ड’स् फ्यूचरमा आश्रित आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका १२ जना छात्रछात्राहरुलाई कक्षा १० सम्म निःशुल्क पढाई दिने तथा आवश्यक शैक्षिक सामग्री समेत उपलब्ध गराउने घोषणा गर्नु भएका सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी उमेश तिमिल्सिनालाई सम्मान गरिएको छ ।

शुक्रवार एक समारोहबीच सेभ अ चाइल्ड’स् फ्यूचर”ले समाजसेवी एवं अध्यक्ष तिमिल्सिनालाई दोसल्ला एवं पुष्पगुच्छाले सम्मान गरेको हो । सम्मानित हुनु भएका तिमिल्सिनाले ३१ नं. वडामा बसोबास गर्दै आएका आर्थिक अवस्था कमजोर भएर पढन नपाएका करिब १२ जना जति Save a child’s future का भाई बहिनीहरुलाई कक्षा १० सम्म नि:शुल्क पढाई दिने र आवश्यक पर्ने किताब कपि, कलम, लत्ताकपडा ज्वमेट्री बक्सलगायतका शैक्षिक सामग्री समेत नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता प्रकट गर्नु भयो ।

बागमति प्रदेश नं. ३ का प्रदेश प्रतिनिधिसभा सदस्य
माननीय श्री दिपेन्द्र श्रेष्ठले पनि “सेभ अ चाइल्ड’स् फ्यूचर”मा आश्रित भाईबहिनिहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

काठमाण्डौ-३१ बानेश्वरमा रहेको सेभ अ चाइल्ड’स् फ्यूचरमा गरीब र सुमुम्बासीका झण्डै ५० जना जति बलबालिकाहरुलाई आश्रय दिई उनीहरुको भरणपोषण र शिक्षा दीक्षा दिने काम गर्दै आएको संचालक मध्येका एक संजु ढकालले बताउनु भयो ।

१९ वर्षकै उमेरमा परोपकार भावनाले ओतप्रोत संजु ढकाल गरीब, अनाथ, असहायहरूको सेवा गर्न पाउँदा र उनीहरुको सुखदुःख मा सहयोगी बन्न पाउँदा आफूलाई खुशी लाग्ने गरेको बताईन् । सोही स्थान निवासी संचारकर्मी, समाजसेवी, राष्ट्रवादी अभियन्ता स्वर्ण विक्रम शाहले समेत सक्रियता पूर्वक “सेभ अ चाइल्ड’स् फ्यूचर” मा आश्रितहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आउनु भएको छ ।

सो सामरोहमा सेभ अ चाइल्ड’स् फ्यूचरका व्यवस्थापक, संचालक लगायत त्यसमा आश्रित बालबालिकाहरूको उस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -