२०८३ जेष्ठ २ गते, शनिबार २०:५७

डिएसपी रावलद्वारा प्रतीक्षालयको शिलान्यास

रौशन चौधरी
 पौष,२० गते रौतहट।
ईलाका प्रहरी कार्यालय गरुडामा प्रतिक्षालय निर्माणकालागी डि एस पि रवि रावलले विधिवत रुपमा पुजाआजा गरि शिलान्यास गर्नुभएकोछ।
जिल्लाको गरुडा नगरपालिका वडा नं.४ मा रहेको ईलाका प्रहरी कार्यालय गरुडाको कम्पाउड वाल भित्र, जिल्ला रौतहट क्षेत्र नं.४ को(ख)को प्रत्यक्ष निर्वाचित प्रदेश सांसद एवं प्रदेश विकास समिति सभापति शेख अबुल कलाम आजाद(फुलबाबु)को संसदीय बिकाश कोषबाट सोमवार प्रतीक्षालय निर्माणको लागि ईलाका प्रहरी कार्यलय गरुडाका प्रमुख रवि रावलले विधिवत रुपमा पुजा गरि शिल्यानस गर्नु भएकोछ।
कार्यालय भित्र आउने सेवाग्राहीहरुलाई बस्न,आराम गर्न र बसेरै विशेषकाम समेत गर्नका निम्ति सो प्रतिक्षालय बनाउन लागिएकोहो। उक्त प्रतिक्षालयको निर्माण एमडी सनमको अध्यक्षतामा एक महीना भित्रमा सम्पन्न हुने,एमडीले बताए।
यसै अबसरमा जनता समाजवादी पार्टी नेपाल रौतहटका युवानेता राजकुमार दास, प्रहरी निरीक्षक राजाराम केशरी,जसपा युवा अध्यक्ष कौशर खान मिथिला शिक्षक मनोज चौधरी,राजेश्वर पांडे,सुरक्षाकर्मी र सर्वसाधारणहरु समेतको उपस्थित रहेको थीयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM