प्र.म. ओली शीतल निवासमा

0
244

काठमाडौँ – संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास छिरेका छन् ।

आफ्नो पार्टी नेकपामा एक्लिँदै गएका प्रधानमन्त्री ओली आइतबार बिहान संसद विघटन गर्ने निर्णयमा पुगेका थिए र त्यसलाई मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्न लगेका हुन् ।

मन्त्रिपरिषद् बैठकले मगंलबार जारी सवैधानिक परिषद् ऐन संशोधन अध्यादेश फिर्ता लिने र संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष लैजाने निर्णय गरेको थियो ।

त्यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको ओलीको वार्ता असफल भएको थियो ।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here